१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सभामुखलाई रास्वपा सांसदको प्रश्न : एमाले सांसद कोइरीलाई किन कारबाही गरिएन ?

१२ बैशाख २०८०, मंगलवार ०८:५६

वैशाख १२, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद निशा डाँगीले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई किन कारबाही नगरेको भन्दै सभामुख देवराज घिमिरेमाथि प्रश्न गरेकी छन् ।

‘यस सदनका एक सदस्य लक्ष्मी महतो कोइरी जानकारी गराएर अनुपस्थित भएका हुन् वा जानकारी नगराई ? जानकारी गराएका भए के जानकारी गराएका छन सदनलाई जानकारी गराउन अनुरोध गर्न चाहेँ’ उनले भनेकी छन् ।

सांसद डाँगीले सभामुख घिमिरेसँग जवाफ मागेकी छन्, ‘जानकारी नगराएको भए अहिलेसम्म संविधान बमोजिम कोइरीलाई किन कारबाही गरिएन ? यस प्रश्नको उत्तर सभामुखबाट नै सुन्न चाहेँ ।’

संविधानतः निरन्तर १० वटा बैठकमा अनुपस्थित हुने सांसदको पद रिक्त हुने भनिएको पनि उनले स्मरण गरेकी छन् । संविधानको धारा ८९ मा स्थानको रिक्तता सम्बन्धी व्यवस्था छ । धारा ८९ को (घ) मा ‘सदनलाई सूचना नदिई लगातार दशवटा बैठकमा अनुपस्थित रहेमा’ सम्बन्धित सांसदको पद रिक्त हुने भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण