१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चरा ठोकिएको सूचना सम्प्रेषण गर्ने फ्लाई दुबईका प्रमुख र स्टेसन म्यानेजरको पास रोक्का

१२ बैशाख २०८०, मंगलवार ०९:१९

वैशाख १२, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार राति उडानका क्रममा समस्या देखिएको फ्लाइ दुबईको जहाजमा चरा ठोकिएको सूचना सम्प्रेषण गर्ने दुई कर्मचारीको पास रोक्का गरेको छ । प्राधिकरणले नेपालस्थित फ्लाइ दुबईका प्रमुख र स्टेसन म्यानेजरको पास रोक्का गरेको हो । 

कुनै प्रमाण र अध्ययन विना फ्लाइटमा चरा ठोकिएको र समस्या आएको गलत सूचना सम्प्रेषण गरी भ्रम छरेको प्राधिकरणको भनाइ छ । यस्तो गलत सूचना सम्प्रेषण गर्ने फ्लाइ दुबईका कर्मचारीलाई तत्कालका लागि विमानस्थल छिर्न नदिनेगरी पास रोक्का गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । यद्यपि, उनीहरूको पास कति समयसम्म रोक्का रहन्छ, सो भने प्राधिकरणले बताएको छैन । 

सोमबार राति ९ः २० बजेट १६९ यात्रु बोकेर दुबई उड्दै गरेको फ्लाइ दुबईको कलसाइन एफजेड–५७६ विमानमा उडान लगत्तै आगोको मुस्लोसहित अस्वाभाविक आवाज निस्किएको थियो । यसलगत्तै केहीबेर नेपाली आकाशमा नै जहाज होल्ड गरेर स्थिति सामान्य भएपछि विमान दुबई नै प्रस्थान गरेको थियो ।  फ्लाइ दुबईले जहाज उडानका क्रममा चरा ठोकिएर समस्या आएको बताए पनि यता नेपाल नागरिक उड्डयन प्राधिकरणले भने सो पुष्टि हुने कुनै आधार नभेटिएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण