१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे सांसदको जिज्ञासा

१२ बैशाख २०८०, मंगलवार १०:५३

वैशाख १२, काठमाडौँ । सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणबारे जिज्ञासा राख्नाका साथै शिक्षक र सुरक्षाकर्मीको रोकिएको पारिश्रमिकका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

प्रतिनिधिसभाको आज बसेको बैठकको विशेष समयमा सांसद रघुजी पन्तले प्रधानमन्त्री दाहालको भारत भ्रमणको एजेन्डाबारे स्पष्ट जवाफ माग गर्नुभयो । उहाँले भन्नुभयो, “संसद्भित्र पटकपटक आग्रह गर्दा पनि प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणबारे जानकारी दिनुभएको छैन ।” भारतसँगको  सन् १९५० को सन्धि फेर्न र प्रभुत्व व्यक्ति समूहको प्रतिवेदनको सार्वजनिकीकरणबारे भारत भ्रमणका क्रममा नेपालले छलफल गर्नपर्ने उहाँले बताउनुभयो । 

“भारतीय सेनामा नेपाली भर्नाका लागि नयाँ सन्धिसम्बन्धी छलफल हुनुपर्छ”, सांसद पन्तले भन्नुभयो– “अध्यक्षका हैसियतले सार्क सम्मेलन रोकिएको विषयदेखि हवाई रुटको विषय एजेन्डा बन्नुपर्छ ।”  

सांसद रणेन्द्र बरालीले भूमाफियाका कारण देशभरका किसान भूमिहीन भएको उल्लेख गर्दै उनीहरुलाई कारबाही गर्न माग गर्नुभयो । भूमिहीनलाई लालपुर्जा बाँड्ने काम तत्काल सुरु गर्न उहाँले माग गर्नुभयो । 

सांसद रामहरि खतिवडाले २०७२ सालको भूकम्प गएकोे आठ वर्ष पूरा हँुदै गर्दा भूकम्प प्रभावितले अनुदान प्राप्त गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “साठी हजार नौै सय ४३ निवेदन पुनरावेदनमा परेका थिए । त्यसमध्ये २८ हजार ६ सय ४४ निवेदन पुनरावेदनले फछ्र्यौट गरेर छ हजार एक सय १० जनालाई लाभग्राही सङ्ख्यामा दाखिल ग¥यो । अझै ३२ हजार दुई सय ९९ उजुरीवालाको सुनुवाइ भएको छैन ।” हजाराँै लाभग्राहीले अनुदान नपाएको खतिवडाले उल्लेख गर्नुभयो । 

सांसद भगवती चौधरीले कोशी प्रदेशअन्तर्गतको दुहबी बजारमा बाटो विस्तारका क्रममा विस्थापित ७१ परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग राख्नुभयो । उहाँले भन्नुभयो,  “फिल्मी शैलीमा बस्तीको ७१ घर बिना पूर्वसूचना भत्काउने काम भयो । उनीहरु दैनिक ज्याला मजदुरी गरी खाने जनता थिए ।”

सांसद क्रषिकेश पोखरेलले सरकारले विकासका काममा ध्यान नदिएको गुनासो गर्नुभयो । उहाँले कर्मचारी सरुवा मनपरी भएको भन्दै आपत्ति जनाउनुभयो । अन्तर सरकारी निकाय बीचको समन्वय बढाउन पोखरेलले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “आर्थिक वर्ष प्रारम्भ हुन दुई महिना बाँकी छँदा रतुमाई नगरपालिका र देशका विभिन्न पालिकासहित विभिन्न क्षेत्रका कर्मचारीको ताकी ताकी सरुवा गरियो । हामीले यो बेठिक हो, सच्याउन माग गर्दा सरकारले सुनेन । फेरि बैंक खाता रोक्का गरियो, जसका कारण शिक्षक कर्मचारीको तलब रोकिएको छ । विकास निर्माण ठप्प छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण