Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कतारलाई हराउँदै मलेसियाले टुंग्यायो एससीसी प्रिमियर कप यात्रा

२०८०, १२ बैशाख मंगलवार १२:३१

वैशाख १२, काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत समुह एको खेलमा कतारमाथि ३ विकेटको जित हात पार्दै मलेसियाले यस संस्करणको एसीसी प्रिमियर कप प्रतियोगिताको यात्रा टुङ्गाएको छ ।

यो जितसँगै सबै खेल सकेको मलेसिया ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तर उसको सेमिफाइनल पुग्ने संभावना छैन । किनकी ४ अंक भएको ओमान र ३ अंक भएको साउदीबीच खेल हुनै बाँकी छ । यी दुईबीच हुने खेलको विजेता सेमफिाइनलमा पुग्ने छ । यो समूहबाट नेपाल सेमिफाइनलमा पुगिसकेको छ । ५ अंक रहेको नेपालले पुछारमा रहेको कतारसँग बिहीबार खेल्ने छ ।

मूलपानी क्रिकेट मैदानमा मलेसियासँगको खेलमा टस जितेर ब्याटिङ गरेको कतारले मैदान चिसो भएका कारण ३५ ओभरमा घटाइएको खेलमा ८ विकेट गुमाउँदै २१५ रन बनाएको थियो ।

कतारका लागि इमाल लियानागेले ६८ बलमा ७ चौका सहित सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले । खुरम सहजादले ४५ बलमा ५ चौका र १ छक्का सहित ४१ रन बनाए । मोहम्मद तान्भिर र इक्रामुललाह खानले ३९ रन बनाए ।

मलेसियाका लागि रिज्वान हैदर र मोहम्मद वाफिकले समान २–२ विकेट लिए । विजय युुनि, खिजर हायात र विरनदीप सिंहले १–१ विकेट लिए ।

कतारले दिएको २१६ रनको लक्ष्य मलेसियाले ७ विकेट गुमाएर भेट्टायो । मलेसियाका लागि अन्तिम ओभरमा ४ रन चाहिएको अवस्थामा अनुभवी खिजर हायातले पहिलो बलमा चौका प्रहार गर्दै मलेसियालाई जिताएका हुन् ।

सातौं ब्याटरका रुपमा क्रिजमा आएका खिजर हायातले १७ बलमा २ चौका सहित २५ रनको अविजित पारी खेले ।

यसअघि सायद अजिजले ६६ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ८० रनको अर्धशतकीय पारी खेल्दै जितको आधार तयार पारेका थिए । कप्तान अहमद फैजले २६ बलमा ३३ नर बनाए भने विजय युनि र मोहम्मद अयादतले क्रमशः २० र २२ रन बनाए । सर्विन मुनियान्डे ३ रनमा अविजित रहे ।

कतारका लागि करिमुल्लाह खानर मोहम्मद नदिमले समान २–२ विकेट लिए । मोहम्मद तानभिर र जहिर इब्राहिमले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ