२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संसदीय सुनुवाइ समितिका सदस्य आज प्रस्ताव नहुने

२०८०, १३ बैशाख बुधबार ०८:१२

बैशाख १३, काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा संसदीय सुनुवाइ समितिका सदस्यको नाम प्रस्ताव नहुने भएको छ । सदन बस्नुअघि सभामुख देवराज घिमिरेले आजको बैठकमा सबै दलबाट नाम नआएकाले प्रस्ताव गर्न नसकिने जानकारी गराएका छन् ।

कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सभामुखले भने, ‘तपाईंहरूले नाम (संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरू) दिनुभयो भने संसदलाई प्रभावकारी बनाउन सकिन्छ । भोलिसम्ममा नाम दिनुहोला । आज नाम दिनुभएको भए आजै घोषणा गर्न सकिन्थ्यो । तर, सबैको नाम प्राप्त हुन सकेन ।’

संसदीय समितिमा अहिलेसम्म कांग्रेस, एमाले र माओवादी केन्द्रले नाम पठाएका छैनन् । तीन ठूला दलबाहेक साना सबै दलबाट नाम आइसकेको स्रोतले जनाएको छ ।

बैठकमा सभामुखले संसदलाई प्रभावकारी बनाउन कमजोर उपस्थितिलाई सुधारेर जानुपर्ने बताए । संसदमा उठेका कुराहरूमा मन्त्रीहरूलाई जवाफ दिन समन्वय गरिरहेका उल्लेख गर्दै आज गृहमन्त्रीले सार्वजनिक महत्वको विषयमा बोल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना