१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

निरा पाण्डेको हत्याबारे सत्यतथ्य छानविन गर्न गगन थापाको माग

१३ बैशाख २०८०, बुधबार ११:१०

बैशाख १३, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन थापाले गत वैशाख ७ गते काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको कपनस्थित सरस्वतिनगरमा व्यवसायी निरु पाण्डेको घाँटी रेटेर भएको हत्याबारे सत्यतथ्य छानविन गर्न सरकारसँग माग गरेका छन् ।


आजको प्रतिनिधसभाको बैठकमा आकस्मिक समयमा   बोल्दै उक्त क्षेत्रका जनप्रतिनिधिसमेत रहेका थापाले आफुले आजमात्रै मृतक पाण्डेको परिवारलाई भेटेको बताउदैे ,

‘घटनाको सत्यतथ्य बाहिर नआई शवको दाहसंस्कारसमेत नगर्ने अडानमा परिवार रहेको हुँदा दिनदहाडै घाँटी रेटेर हत्या भएको छ । शरिरका २२ / २३ ठाउँमा चोट लागेको छ । ७ दिन भयो उहाँहरु प्रहरी कार्यालय धाइरहनु भएको छ,मन्त्रालय गईरहनु भएको छ तरपनि घटनाबारेमा सत्यता पत्ता लाग्न सकेको छैन । उहाँहरुले संघर्षको कार्यक्रम सुरु गर्नुभएको छ । वरिपरीका मानिसहरु अत्तालिरहनु भएको छ । मैले भनेको छु अनुसन्धान भइरहेको छ प्रहरी प्रशासनले आफ्नो काम गरिरहेको छ ।

म घटनाको सम्वन्धमा सत्यतथ्य जानकारीको माग गर्दै नागरिकले शान्ती सुरक्षाको महसुस हुनेगरी विश्रास दिलाउन सक्ने स्थिती बनोस् भन्ने माग गर्दछु । उक्त कार्य गृहमन्त्री ज्यूबाट होस । ७ -७ दिनसम्म छानविन कार्य सुरू भइरहेको छैन सिघ्ररुपमा यो घटनाको दोषी अडाडी आओस् ’ । उनले भने

त्यहाँको सिसिटिभी नचलेको भन्ने गुनासो आइरहेको भन्दै थापाले सरकारलाई ठाउँ ठाउँमा क्यामेरा झुण्डांउनु भन्दा सिंगो काठमाडौंमा सिसिटिभि जडान गर्न आग्रह गरे । उनले भने हामीसँगै काम गर्न तयार छौं। महानगरपालिका, संघीय सरकार मिलेर सिंगो काठमाडौंमा सीसीटिभी जोडेको भए यो घटनाको तथ्य पत्ता लागिसकेको हुन्थ्यो।’

कपनस्थित सरस्वती नगरमा भाँडा पसल गर्दै आएकी बाग्लुङको बडिगाड गाउँपालिकाकी  ३२ वर्षीया निरा पाण्डे  आचार्यको गत वैशाख  ७ गते दिउँसो चक्कु प्रहार गरि हत्या गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण