२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

निरा पाण्डेको हत्याबारे सत्यतथ्य छानविन गर्न गगन थापाको माग

२०८०, १३ बैशाख बुधबार ११:१०

बैशाख १३, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन थापाले गत वैशाख ७ गते काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको कपनस्थित सरस्वतिनगरमा व्यवसायी निरु पाण्डेको घाँटी रेटेर भएको हत्याबारे सत्यतथ्य छानविन गर्न सरकारसँग माग गरेका छन् ।


आजको प्रतिनिधसभाको बैठकमा आकस्मिक समयमा   बोल्दै उक्त क्षेत्रका जनप्रतिनिधिसमेत रहेका थापाले आफुले आजमात्रै मृतक पाण्डेको परिवारलाई भेटेको बताउदैे ,

‘घटनाको सत्यतथ्य बाहिर नआई शवको दाहसंस्कारसमेत नगर्ने अडानमा परिवार रहेको हुँदा दिनदहाडै घाँटी रेटेर हत्या भएको छ । शरिरका २२ / २३ ठाउँमा चोट लागेको छ । ७ दिन भयो उहाँहरु प्रहरी कार्यालय धाइरहनु भएको छ,मन्त्रालय गईरहनु भएको छ तरपनि घटनाबारेमा सत्यता पत्ता लाग्न सकेको छैन । उहाँहरुले संघर्षको कार्यक्रम सुरु गर्नुभएको छ । वरिपरीका मानिसहरु अत्तालिरहनु भएको छ । मैले भनेको छु अनुसन्धान भइरहेको छ प्रहरी प्रशासनले आफ्नो काम गरिरहेको छ ।

म घटनाको सम्वन्धमा सत्यतथ्य जानकारीको माग गर्दै नागरिकले शान्ती सुरक्षाको महसुस हुनेगरी विश्रास दिलाउन सक्ने स्थिती बनोस् भन्ने माग गर्दछु । उक्त कार्य गृहमन्त्री ज्यूबाट होस । ७ -७ दिनसम्म छानविन कार्य सुरू भइरहेको छैन सिघ्ररुपमा यो घटनाको दोषी अडाडी आओस् ’ । उनले भने

त्यहाँको सिसिटिभी नचलेको भन्ने गुनासो आइरहेको भन्दै थापाले सरकारलाई ठाउँ ठाउँमा क्यामेरा झुण्डांउनु भन्दा सिंगो काठमाडौंमा सिसिटिभि जडान गर्न आग्रह गरे । उनले भने हामीसँगै काम गर्न तयार छौं। महानगरपालिका, संघीय सरकार मिलेर सिंगो काठमाडौंमा सीसीटिभी जोडेको भए यो घटनाको तथ्य पत्ता लागिसकेको हुन्थ्यो।’

कपनस्थित सरस्वती नगरमा भाँडा पसल गर्दै आएकी बाग्लुङको बडिगाड गाउँपालिकाकी  ३२ वर्षीया निरा पाण्डे  आचार्यको गत वैशाख  ७ गते दिउँसो चक्कु प्रहार गरि हत्या गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना