२७ फाल्गुन २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

साउदीलाई हराउदै ओमान सेमिफाइनलमा

१३ बैशाख २०८०, बुधबार ११:५२

बैशाख १३, काठमाडौँ | एसीसी प्रिमियर कप अन्तर्गत समुह ए मा रहेको ओमानले साउदी अरेबियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

टियु क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा ओमानले साउदी अरेबियालाई ७२ रनले पराजित गर्दै सेमिफाइनलमा आफ्नो यात्रा सुनिश्चित गरेको हो ।

ओमानले दिएको ३६७ रनको लक्ष्य पछ्याएको साउदी अरेबियाले ४६.५ ओभरमा अल आउट हुदै २९४ रन बनाएको थियो ।


साउदीका लागि अब्दुल वाहीदले सर्बाधिक ९५ रन बनाएका थिए भने साद खानले ७८, कप्तान हिशाम शेखले ३६, अब्दुल वहिदले २५ रन बनाएका थिए ।

त्यस्तै ओमानका बलर बिलाल खानले सर्बाधिक ४ विकेट लिए भने जय ओडेड्राले ३ विकेट लिएका थिएका थिए । त्यस्तै जीशाम मक्सूदले २ तथा आयान खानले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको ओमानले ५० ओभरमा ६ विकेट गुमाउदै ३६६ रन बनाएको थियो ।

ओमानका लागि जतिन्दर सिंहले सर्बाधिक ८८ रन बनाएका थिए भने मोहमद नदीमले ७१, शोइब खानले ६८, कप्तान जीशान मक्सुदले ५४ रन बनाएका थिए । त्यस्तै कश्यप प्रजापतिले ५१, मोहमद खुशीले ४५ रन बनाएका थिए ।

त्यस्तै साउदी अरेबियाका बलरअतिफ उस रहमानले ३ विकेट लिए भने अब्दुल वाहिदले २ तथा अब्दुल वाहीदले एक विकेट लिएका थिए ।

यो जितसँगै समुह ए बाट ओमानको ४ खेलमा ६ अंक भएको छ र सेमिफाइनलमा पुगेको छ । त्यस्तै समुह ए बाट नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । अब यस समुहबाट समुह विजेताको टुंगो भने विहिबार हुने नेपाल र कतारबीचको खेलपछि लाग्ने भएको छ 

त्यस्तै साउदी अरेबियाको भने ४ खेलमा ३ अंक रहेको छ र साउदी सेमिफाइनलमा पुग्न असफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा बेथिति बढ्दा दक्ष नेपाली कामदारको माग घट्दै, सीप र योग्यतामै प्रश्न ! विद्युत् प्राधिकरणका कर्मचारीमाथि खुकुरी प्रहार, एक जना पक्राउ कास्की केन्द्रबिन्दु भएर आज बिहान गयो भूकम्प संघीय संसद अन्तर्गत आज दुई वटा समितिको बैठक बस्दै प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची स्वास्थ्य बीमा बोर्डको कार्यकारीमा डा. रघुराज नियुक्त यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर देशका पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना ‘फ्री भिसा फ्री टिकट’ घोषणाको एकदशक पुग्नै लाग्दा रोजगार पर्वर्दन दशक घोषणा कांग्रेस एक भए आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउन सकिन्छ:  सभापति शेरबहादुर देउवा रेमिट्यान्स फेरि लयमा फर्कियो, एकै महिना १३७ अर्ब भित्रियो हनुमन्ते खोलामा फेला परेको शवको पहिचान खुल्यो ‘वुमन्स डे’ टी-२० कप : हङकङविरुद्ध नेपाल पहिले फिल्डिङमा भीरमा अड्किएका आठ जनाको उद्धार बम राखिएको हल्लापछि न्युयोर्क उडेको विमान साढे ८ घण्टापछि मुम्बई डाइभर्ट पर्सा सीडीओ कार्यालयभित्रै मिटरब्याज पीडितद्वारा आत्महत्या प्रयास रवि लामिछाने ओली र देउवासँग मिलेको मुकुलको दाबी परराष्ट्रमन्त्री राणा भारत प्रस्थान, के छ कार्यक्रम ? राजावादीलाई ओलीको कटाक्ष- एउटा जुलुस निकाल्न विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा छैनौं अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ