२७ फाल्गुन २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कतारविरुद्ध नेपालको खराब ब्याटिङ, गुमायो छैटाैं विकेट !

१४ बैशाख २०८०, बिहीबार ०५:१०

बैशाख १४, काठमाडौँ | कमजोर मानिएको कतारले नेपालको बलियो ब्याटिङ क्रमलाई धराशयी बनाइदिएको छ । एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको आफ्नो अन्तिम खेलमा टस हारेर ब्याटिङमा निम्याइएको नेपालले २० ओभरभित्रै ६ ब्याट्सम्यानहरु गुमाएको हो ।

दोस्रो ओभरको दोस्रो बलमा कुशल भुर्तेललाई गयान मनाविराले खुराम सहजादको हातबाट क्याचआउट गराएसँगै नेपालको विकेट पतन सुरु भएको थियो । भुर्तेलले आउट हुनुअघि ८ बलमा २ रन मात्रै जोड्न सके । तेस्रो नम्बरमा आएका भीम सार्की पनि आज चल्न सकेनन् । उनी १२ बलमा ६ रन बनाएर आउट भएका थिए ।

दुई ब्याट्सम्यान गुमाएर दवावमा आएको नेपाललाई आसिफ शेख र कप्तान रोहित पौडेलले सम्हाल्ने प्रयास गरे । उनीहरुबीच ४८ रनको साझेदारी भएको थियो । तर, १२।४ ओभरमा आसिफलाई इक्रामुल्लाह खानले आउट गरेपछि नेपालले थप ३ विकेट लगातार गुमाएको छ । आसिफले २७ बलमा २ चौकासहित १९ रन जोडे । आसिफलाई पछ्याउँदै कप्तान पौडेल पनि पेभिलियन फर्किए । उनले ३६ बलमा २ चौकाको मद्दतले २७ रन बटुले ।

विष्फोटक ब्याट्सम्यान कुशल मल्लको ब्याट पनि चलेन । छैटौं नम्बरमा आएका मल्ललाई ओयसिस अहमदले आफ्नै बलमा क्याच आउट गरे । मल्लले आउट हुनुअघि ५ बल खेल्दै ३ रन मात्र बनाएका थिए । अघिल्लो म्याचमा ओमानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका सोमपाललाई नेपालले आज पाचौं नम्बरमा पठाएको थियो । तर, यो प्रयोग असफल भयो । लुज पुल सट खेल्दै उनी आउट भए ।

अहिले क्रिजमा दिपेन्द्र सिंह ऐरी र आरिफ शेख छन् । दिपेन्द्र नेपालका म्याचविनर हुन् भने आरिफ पनि कठिन अवस्थामा टिकेर खेल्न सक्ने ब्याट्सम्यानका रुपमा चिनिन्छन् । अब नेपालको आशा यही जोडीमा टिकेको छ । यद्यपि, नेपालसँग अझै पनि गुल्शन झा र सन्दीप लामिछाने छन्, जो ब्याटबाट योगदान दिन सक्छन् ।

यो समाचार लेख्दासम्म नेपालले २३ ओभरमा ६ विकेट गुमाएर ९२ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा बेथिति बढ्दा दक्ष नेपाली कामदारको माग घट्दै, सीप र योग्यतामै प्रश्न ! विद्युत् प्राधिकरणका कर्मचारीमाथि खुकुरी प्रहार, एक जना पक्राउ कास्की केन्द्रबिन्दु भएर आज बिहान गयो भूकम्प संघीय संसद अन्तर्गत आज दुई वटा समितिको बैठक बस्दै प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची स्वास्थ्य बीमा बोर्डको कार्यकारीमा डा. रघुराज नियुक्त यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर देशका पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना ‘फ्री भिसा फ्री टिकट’ घोषणाको एकदशक पुग्नै लाग्दा रोजगार पर्वर्दन दशक घोषणा कांग्रेस एक भए आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउन सकिन्छ:  सभापति शेरबहादुर देउवा रेमिट्यान्स फेरि लयमा फर्कियो, एकै महिना १३७ अर्ब भित्रियो हनुमन्ते खोलामा फेला परेको शवको पहिचान खुल्यो ‘वुमन्स डे’ टी-२० कप : हङकङविरुद्ध नेपाल पहिले फिल्डिङमा भीरमा अड्किएका आठ जनाको उद्धार बम राखिएको हल्लापछि न्युयोर्क उडेको विमान साढे ८ घण्टापछि मुम्बई डाइभर्ट पर्सा सीडीओ कार्यालयभित्रै मिटरब्याज पीडितद्वारा आत्महत्या प्रयास रवि लामिछाने ओली र देउवासँग मिलेको मुकुलको दाबी परराष्ट्रमन्त्री राणा भारत प्रस्थान, के छ कार्यक्रम ? राजावादीलाई ओलीको कटाक्ष- एउटा जुलुस निकाल्न विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा छैनौं अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ