२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कतारविरुद्ध नेपालको खराब ब्याटिङ, गुमायो छैटाैं विकेट !

२०८०, १४ बैशाख बिहीबार ०५:१०

बैशाख १४, काठमाडौँ | कमजोर मानिएको कतारले नेपालको बलियो ब्याटिङ क्रमलाई धराशयी बनाइदिएको छ । एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको आफ्नो अन्तिम खेलमा टस हारेर ब्याटिङमा निम्याइएको नेपालले २० ओभरभित्रै ६ ब्याट्सम्यानहरु गुमाएको हो ।

दोस्रो ओभरको दोस्रो बलमा कुशल भुर्तेललाई गयान मनाविराले खुराम सहजादको हातबाट क्याचआउट गराएसँगै नेपालको विकेट पतन सुरु भएको थियो । भुर्तेलले आउट हुनुअघि ८ बलमा २ रन मात्रै जोड्न सके । तेस्रो नम्बरमा आएका भीम सार्की पनि आज चल्न सकेनन् । उनी १२ बलमा ६ रन बनाएर आउट भएका थिए ।

दुई ब्याट्सम्यान गुमाएर दवावमा आएको नेपाललाई आसिफ शेख र कप्तान रोहित पौडेलले सम्हाल्ने प्रयास गरे । उनीहरुबीच ४८ रनको साझेदारी भएको थियो । तर, १२।४ ओभरमा आसिफलाई इक्रामुल्लाह खानले आउट गरेपछि नेपालले थप ३ विकेट लगातार गुमाएको छ । आसिफले २७ बलमा २ चौकासहित १९ रन जोडे । आसिफलाई पछ्याउँदै कप्तान पौडेल पनि पेभिलियन फर्किए । उनले ३६ बलमा २ चौकाको मद्दतले २७ रन बटुले ।

विष्फोटक ब्याट्सम्यान कुशल मल्लको ब्याट पनि चलेन । छैटौं नम्बरमा आएका मल्ललाई ओयसिस अहमदले आफ्नै बलमा क्याच आउट गरे । मल्लले आउट हुनुअघि ५ बल खेल्दै ३ रन मात्र बनाएका थिए । अघिल्लो म्याचमा ओमानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका सोमपाललाई नेपालले आज पाचौं नम्बरमा पठाएको थियो । तर, यो प्रयोग असफल भयो । लुज पुल सट खेल्दै उनी आउट भए ।

अहिले क्रिजमा दिपेन्द्र सिंह ऐरी र आरिफ शेख छन् । दिपेन्द्र नेपालका म्याचविनर हुन् भने आरिफ पनि कठिन अवस्थामा टिकेर खेल्न सक्ने ब्याट्सम्यानका रुपमा चिनिन्छन् । अब नेपालको आशा यही जोडीमा टिकेको छ । यद्यपि, नेपालसँग अझै पनि गुल्शन झा र सन्दीप लामिछाने छन्, जो ब्याटबाट योगदान दिन सक्छन् ।

यो समाचार लेख्दासम्म नेपालले २३ ओभरमा ६ विकेट गुमाएर ९२ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे