वैशाख १४, काठमाडौँ | जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा कतारविरुद्ध नेपालले दोस्रो सफलता प्राप्त गरेको छ ।
आफ्नो ओभरको तेस्रो स्पेल बलिङमा आएका तिब्र गतिका बलर सोमपाल कामीले तेस्रो नम्बरमा क्रिजमा आएका इमाल लियान्गेलाई ५.६ ओभरमा बोल्ड गर्दै नेपाललाई दोस्रो सफलता दिलाए ।
पहिलो विकेट लिने क्रममा ललित राजवंशीले ओपनर कामरन खानलाई दीपेन्द्रसिंह एरीको हातबाट क्याच आउट गरे । आफ्नो दोस्रौ स्पेल बलिङमा आएका ललितले २।२ ओभरमा पहिलो विकेट लिए ।
नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा कतारले यो समचार लेखिसक्दा ७ ओभरको समाप्तिमा २ विकेट गुमाएर ३० रन जोडेको छ ।