वैशाख १४, काठमाडौँ | जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा कतारविरुद्ध नेपालले जीत निकालेकाे छ ।
एसीसी प्रिमियर कपमा बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ । कतारविरुद्ध खराब ब्याटिङ गरेको नेपाललाई बलिङले जित दिएको छ । ब्याट्सम्यानहरुले १५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरे पनि बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै जित दिलाएका हुन् ।
नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सक्यो । कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।
जितसँगै नेपाल समूह बिजेता विजेता बनेको छ । अब नेपालले सेमिफाइनलमा समूह बी को उपविजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । कतारविरुद्धको जितमा नेपालका लागि सन्दीप लामिछानेले अलराउन्ड प्रदर्शन गरे ।