वैशाख १४, काठमाडौँ | कुवेत काठमाडौंमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनमा प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा हङकङ्गलाई ३० रनले हराउँदै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको छ ।
समूह चरणको खेल सकिएसँगै अब ओमानले युएईसँग प्रतिस्पर्धा गर्ने छ भने नेपालले कुवेतसँग भिड्नेछ ।
मूलपानी मैदानमा भएको आजको खेलमा पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७१ रन बनाएको थियो ।
२७२ रनको उच्च स्कोर पछ्याएर जवाफी ब्याटिङ थालेको हङकङ्ग ५० ओभरमा सबै विकेट गुमाएर २४२ रनमा समेटिएको हो ।