वैशाख १४, काठमाडौँ | जारी एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनल समीकरण पूरा भएको छ ।
मुलपानी क्रिकेट मेदानमा सम्पन्न खेलमा कुवेतले हङकङलाई हराएसँगै प्रिमियर कपको सेमिफाइनल समीकरण पूरा भएको हो । समूह बी को उपविजेता बनेको कुवेतले शनिबार हुने सेमिफाइनलमा नेपालसँग खेल्नेछ ।
यदि आजको खेलमा हङकङले कुवेतलाई पराजित गरेको भए शीर्ष स्थानमा रहँदै सेमिफाइन पुग्ने सम्भावना थियो ।
तर, कुवेतले दिएको २ सय ७३ रनको लक्ष्य पछ्याएको हङकङ ५० ओभरमा २ सय ४२ रनमा सीमित भयो ।
भने, दोस्रो सेमिफाइनलमा ओमान र यूएई आमनेसामने हुनेछन् । आजै त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कतारलाई ६८ रनले पराजित गर्दै नेपाल समूह ए को विजेता बनेको हो ।