२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राजनीतिबाट सन्यास लिँदै माधव नेपाल !

२०८०, १५ बैशाख शुक्रबार ०६:४३

वैशाख १५, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीको अबको महाधिवेशनमार्फत राजानीतिबाट सन्यास लिनसक्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले आज धनुषामा पत्रकारहरुसँग बोल्दै अब युवाहरुलाई अवसर दिनुपर्ने समय आएको भन्दै उनले आगामी पार्टीको आगामी महाधिवेशनाट सन्यास लिन सक्ने संकेत गरेका हुन् ।

‘पार्टीको अब हुने अधिवेशनबाट म पनि सन्न्यास लिने सोच्दै छु’, उनले पत्रकारहरुसँग भने ।

त्यस्तैगरी उनले अब राजनीतिमा युवाहरुलाई अवसर दिनु पर्ने भन्दै अन्य ७० वर्ष कटेका नेताहरुलाई पनि राजनीतिबाट सन्यास लिन पार्टीको तर्फबाट आग्रह गरे ।

देश विकासका लागि राजनीतिक पुस्तान्तरण पनि आवश्यक भएकाले अब सन्यासको बाटोमा लाग्ने उनको भनाइ छ ।

उनले उपनिर्वाचनबाट पनि पाठ सिक्नु पर्ने भन्दै पछिल्लो निर्वाचनले ठूला दलहरुलाई शुभ संकेत नगरेको उनको बुझाइ छ । अब ठूला दलहरु नसच्चिए नयाँ दलहरुलाई सहज हुने अध्यक्ष नेपालको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना