२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपाले सरकारलाई दिएको समर्थनबारे आजै निर्णय लिनसक्छ : रवि लामिछाने

२०८०, १५ बैशाख शुक्रबार ०६:५१

वैशाख १५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ताबारे आज निर्णय लिनसक्ने बताएका छन् । प्रतिनिधिसभाको सदस्यको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सकेसम्म आजै केन्द्रीय समितिको बैठक बसेर निर्णय लिने उनले बताए ।

उनले आफूहरू देशमा अस्थिरता नहोस् भन्ने पक्षमा रहेको बताए । सरकारबारे पार्टी र संसदीय दलको बैठकमा छलफल गरेर निर्णय लिने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई बधाई दिन फोन गरेको बताए । कुराकानीको क्रममा सरकारलाई दिएको समर्थन फिर्ताबारे चासो राखेको भएपनि गम्भीर छलफल नभएको रविले बताए ।

उनले भने, ‘बधाई दिन प्रधानमन्त्रीले फोन गर्नुभएको थियो । समर्थन फिर्ता लिनेबारे मैले यस्तो सुने के हो ? भनेर चासो राख्नुभएको थियो। त्यसबारे थप छलफल भएको छैन ।’ उनले सरकारको न्यूनतम साझा कार्यक्रमबाट आफ्नो एजेण्डा हटाएकोप्रति असन्तुष्टि जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना