१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ओलीलाई पूर्वराजाको जवाफ : आस्था र मयार्दामा आँच नपुर्‍याइयोस्

१५ बैशाख २०८०, शुक्रबार ०८:५०

वैशाख १५, काठमाडौँ | पूर्वराजा ज्ञानेन्द्र शाहले आस्था र मर्यादामा आँच नपुर्‍याउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको तर्फबाट संवाद सचिव फणि पाठकले शुक्रबार जारी गरेको वक्तव्यमा निराधार र कपोकल्पित भ्रमजालबाट मुक्त रहन तथा आस्था र मर्यादामा आँच नपुर्‍याउन आग्रह गरिएको छ । 

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले बिहीबार इलाममा आयोजित कार्यक्रममा झापामा आफूमाथि आक्रमण हुँदा हिमानी शाहले जनताले ढुंगा हानेको भनेर ट्वीट गरेको दाबी गरेका थिए ।  

आक्रोश पोख्दै  ओलीले भनेका थिए, ‘ज्ञानेन्द्र शाह उसको परिवार । उनको बुहारी जान्ने भएर जनताले ढुंगा होनेको देखिन् । ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हान्यो रे  । मैले यसको जवाफ दिनु नपरोस् बर्ता फुरफुर नगर । बर्ता फुरफुर गने होइन ।  हामीले हिसाब किताब नगरेरै छाडेका छौँ । हाम्रा मान्छे गोली हानेर मार्दा छाडेका छौँ । अनेक हिसाबकिताब गरेका छैनौँ । हिसाब किताब गर्न सुरु गर्न नपरोस् । छोराबुहारी अगाडि सारेर फुरफुर नगर !’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको कडा आलोचना गरेका छन् । उनले पूर्वराजासँग पुरानो हिसाब किताब धेरै रहेको तर आफूहरूले नगरेर त्यसै छाडेको भन्दै कटाक्ष गरे ।


तर, पूर्वराजाको संवाद सचिवालयले ज्ञानेन्द्र शाह, हिमानी शाहले कुनै पनि सामाजिक सञ्जाल सञ्चालन नगरेको स्पष्ट गरेको छ । 

यसबारे सचिवालयले २०७८ मंसिर २३ गते नै पनि स्पष्ट गरिसकिएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण