१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्रीको जवाफ माग्दै एमाले उपाध्यक्षले भने– ओलीमाथि आक्रमण हुँदा सरकार किन मौन ?

१५ बैशाख २०८०, शुक्रबार ०९:५७

वैशाख १५, काठमाडौँ | ओलीमाथिको आक्रमणमा सरकारमा सहभागी दलका कार्यकर्ताको संलग्नता रहेको जिकिर समेत एमालेले गरेको छ ।

शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गृहमन्त्रीको जवाफले अब नपुग्ने भन्दै संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे ।

‘आफ्नो निर्वाचन क्षेत्र र गृह जिल्लामा जाने क्रममा हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि सांघातिक आक्रमणको प्रयास भएको छ । अस्ति ओलीको सवारी साधनमा आक्रमण गरियो । हिजो इलामको पशुपतिनगरबाट फर्किने क्रममा विद्युतीय तारमा एम्बुस थापेर आक्रमणको कोशिश गरियो । पाँचथर र तेह्रथुममा आक्रमण गरिएको छ,’ पौडेलले भने, ‘तर, हाम्रो देशमा सरकार छ कि छैन ? सरकारले अकर्मण्यता प्रदर्शन गरिरहेको छ र लाचारी तथा कायरता प्रदर्शन गरिरहेको छ ।’


उपाध्यक्ष पौडेलले एउटा राजनीतिक दलको अध्यक्षमाथि भएको आक्रमणबारे सरकार लाचार भएको आरोप लगाए ।

‘संविधानले दिएको अधिकार प्रयोग गर्दा र एक ठाउँबाट अर्को ठाउँमा जाँदा आक्रमणको प्रयास भएको छ । सरकार मौन बसेको छ । आन्दोलनकारीलाई उक्साइरहेको छ । आक्रमणमा सत्ता गठबन्धनका कार्यकर्ता संलग्न रहेको सूचना छ,’ पौडेलले भने, ‘संसद्मा गृहमन्त्रीले जवाफ दिनुहुन्छ, तर आक्रमणका प्रयास रोकिएको छैन । गृहमन्त्रीको मीठो प्रवचन चाहेको होइन, अपराधमा संलग्नलाई अविलम्ब कारवाही गरियोस् र शान्ति सुरक्षाको प्रबन्ध गरियोस् ।’

उपाध्यक्ष पौडेलले देशको शान्ति सुरक्षाको अवस्था नाजुक रहेको भन्दै संसदमा प्रधानमन्त्रीको जवाफ माग गरे ।

‘अब गृहमन्त्रीको जवाफले पुग्दैन, आफ्नो नेतृत्वको सरकारले देशमा शान्ति सुरक्षा कायम गर्न सक्छ कि सक्दैन भनेर प्रधानमन्त्रीले जवाफ दिनुपर्छ,’ पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण