Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राजेन्द्र लिङदेनले भने- राष्ट्रपतिको वैदेशिक उपचार यात्रा सत्ता दुरुपयोगको चरम नमूना

२०८०, १५ बैशाख शुक्रबार १०:२६

वैशाख १५, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति रामचन्द्र यादवलाई सरकारी खर्च र सुविधामा विदेश उपचार गर्न लगिएकोप्रति असन्तुष्टि प्रकट गरेका छन् । उनले संसदमा बोल्दै यस कार्यलाई सत्ताको दुरुपयोग संज्ञा दिए ।

लिङ्देनले देशको राजश्वले चालु खर्च समेत धान्न नसकिरहेको अवस्थामा राष्ट्रपतिको उपचार यात्रा अस्वभाविक र महंगो बनेको बताए । साथै, अयोग्य लडाकुलाई रकम बाँड्न खोजिएको विषयमा पनि उनले विरोध जनाए ।

‘निर्माण व्यवसायीलाई ८० अर्ब राज्यले तिर्न सकेको छैन । । राजश्वले चालु खर्च धान्न नसकेको अवस्थ छ । यस्तोमा अस्वभाविक ढंगको राष्ट्रपतिको वैदेशिक उपचार यात्रा र अयोग्य लडाकुलाई रकम वितरणको तयारी सत्ता दुरुपयोगको चरम नमूना हो,’ उनले भने ।

लिङ्देनले अयोग्य लडाकुलाई पैसाको साटो स्वास्थ्य उपचारमा सुविधा, सीप र रोजगारी दिन सरकारलाई सुझाव दिए ।

राज्यले उच्चपदस्थको स्वास्थ्योपचारका विषयमा नीति बनाउनुपर्नेमा उनको जोड थियो । आफूले अहिलेसम्म राज्यबाट कुनै उपचार खर्च नलिएको र भविष्यमा पनि नलिने उनले घोषणा गरे ।

लिङ्देनले भने, ‘म स्वयम् कोभिडका बेला असाध्यै बिरामी भएँ । त्यसबेला अघिल्लो संसदमा थिए । तर एक रुपैयाँ पनि उपचार खर्च राज्यबाट लिइनँ । द्वन्द्वको बेला ठूलो क्षति भोग्ने मान्छेमध्ये म पनि एक हो । तर, पनि मैले क्षतिपूर्ति मागिनँ । आज एउटा जिम्मेवार पार्टीको अध्यक्षको हिसाबले सार्वजनिक प्रतिवद्धता गर्दछु कि भविष्यमा आमनागरिकले भन्दा फरक स्वास्थ्य उपचारको सुविधा सरकारबाट लिने छैन । यहाँको डाक्टरले नेपालको प्रविधि र डाक्टरले सक्दैनन् नभनेसम्म विदेश उपचार यात्रामा जाने छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ