२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पार्टीको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्छौं : रास्वपा प्रवक्ता

२०८०, १५ बैशाख शुक्रबार १०:४२

वैशाख १५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता मुकुल ढकालले पार्टीको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । पार्टी केन्द्रीय समिति र संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिएको ढकालले बताए । 

‘हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा छौं । अब केन्द्रीय समिति र संसदीय दलको बैठक राखेर छलफल गर्नुपर्यो’ रातोपाटीसँग कुरा गर्दै ढकालले भने, ‘बैठक कहिले राख्ने भन्ने विषयमा परामर्श गर्दैछौं । बैठक बसेर आधिकारिक निर्णय हुनेछ ।’ सरकारलाई दिएको समर्थन फिर्ता किन लिँदछौ भन्ने विषयमा बैठकमा गम्भीर छलफल हुने ढकालले बताए । 

प्रचण्ड नेतृत्वको सरकार बनाउने क्रममा गत पुस १० गते राष्ट्रपतिलाई हस्ताक्षर बुझाउने बेला रास्वपा सरकारमा सहभागी भएको थियो । सो पार्टीले गत माघ २२ गते सरकारबाट बाहिरिने निर्णय गरेको थियो भने प्रधानमन्त्री प्रचण्डले दुईपटक विश्वासको मत लिँदा दुवैपटक मत दिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना