बैशाख १६, काठमाडौँ | टीयू अन्तर्राष्ट्रिय क्रिकेट जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालविरुद्ध चुनौतीपूर्ण २८२ रनको लक्ष्य पछ्याएको कुवेतले ३७ रन जोड्दा ६ विकेट गुमाएको छ । नेपालका लागि करण केसीले ४.३ ओवरमा १० रन दिएर ५ विकेट र सोमपाल कामीले १ विकेट लिएका हुन् ।