१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपालाई ‘जसरी पनि’ सरकारमा आउन प्रधानमन्त्रीको आग्रह, रविले दिएनन् ग्रीन सिग्नल

१७ बैशाख २०८०, आईतवार ०५:१२

वैशाख १७, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । आज बालुवाटारमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा प्रधानमन्त्रीले सो प्रस्ताव गरेका हुन् ।

स्रोतका अनुसार प्रचण्डले रास्वपाले अघि सार्ने सर्तहरू आफूलाई मञ्जुर हुने संकेत गरेका थिए । तर, लामिछानेले भने प्रचण्डको प्रस्तावलाई घुमाउरो रूपमा अस्वीकार गरेको स्रोतको भनाइ छ । उनले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सक्ने स्पष्ट संकेत गरे ।’

‘हामी अहिले सरकारमा जाने मनस्थितिमा छैनौँ । सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन सक्छौँ,’ उनले भने ।

भेटमा रविले आफ्नो पार्टीले नीति तथा कार्यक्रममा समावेश गराएको ‘भ्रष्टाचारको फाइल खोल्ने’ एजेन्डालाई अहिले हटाइएकोप्रति तीव्र असन्तुष्टि जनाएका थिए ।

‘भ्रष्टाचारीलाई कारबाही गर्ने विषयमा नरम नीति लिने सरकारमा हामी कसरी सहभागी हुन सक्छौँ,’ उनले प्रश्न गरेका थिए ।

प्रधानमन्त्रीले भने जसरी पनि रास्वपा सरकारमा आउनुपर्ने भन्दै नीति तथा कार्यक्रम पनि सच्याउन आफू तयार गरेको घुमाउरो संकेत गरेका थिए । तर, रविले भने पार्टी प्रतिपक्षमै बस्न सक्ने प्रधानमन्त्रीलाई बताएका छन् ।

रास्वपाको भोलि केन्द्रीय समिति र संसदीय दलको छुट्टाछुट्टै बैठक बस्दै छ । भोलिको बैठकले सरकारबाट समर्थन झिक्ने विषयमा निर्णय भने लिने छैन । तर, सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने मनस्थिति नेतृत्वले बनाइसकेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण