२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरकारसँग छलफलपछि महावीरले भने- माग पूरा नभएसम्म आन्दोलन रोक्दैनौं

२०८०, १७ बैशाख आईतवार ०८:४७

वैशाख १७, काठमाडौँ | उप्रपधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच रक्षा मन्त्रालयमा प्रारम्भिक छलफल सकारात्मकरूपमा टुंगिएको छ ।

मुख्यसचिव शंकरदाश वैरागीसमेत सहभागी छलफलमा आज बेलुका पाँच बजेसम्म वार्ता टोली गठन गर्ने निर्णय भएको पुनले बताए ।

सरकारले चाँडोभन्दा चाँडो आफ्ना मागहरू पूरा गर्नुपर्ने बताउँदै पुनले भने, ‘हेरौं, मागहरू कति चाँडो पूरा हुन्छन् । तर, मागहरु पूरा नभएसम्म आन्दोलन भने रोकिँदैन । भरे बेलुकादेखि वार्ता सुरू हुन्छ ।’

पुन तीन दिनदेखि माइतीघरमा आन्दोलनरत छन् । सरकारले नवप्रवर्तन, अनुसन्धान र आविष्कारलाई महत्व नदिएको भन्दै उनी आन्दोलनमा उत्रिएका हुन् । संघीय सरकार र प्रदेश सरकारले विकास बजेटको एक प्रतिशत नवप्रवर्तन, अनुसन्धान र आविष्कारका लागि छुट्याउनुपर्ने, उक्त रकम खर्च गर्न छुट्टै खरिद ऐन बनाउनुपर्ने लगायत पुनको माग छ ।

त्यस्तै नवप्रवर्तित सामानहरूलाई लाइसेन्स, दर्ता लगायत प्रक्रियामा विना झन्झट सहज बनाइनुपर्ने र बजारीकरणमा सहयोग गर्नुपर्ने उनको माग छ । पुन लगायत उनका समर्थकहरु तीन दिनदेखि माइतीघरमा आन्दोलनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना