१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भाँडा पसलकै चक्कुले निराको हत्या, घटनाको चारदिन पछि मात्रै झापा गए

१७ बैशाख २०८०, आईतवार ०९:०३

वैशाख १७, काठमाडौँ | काठमाडौंको सरस्वतीनगरमा वैशाख १० गते निरा आचार्यको हत्यामा उनकै भाँडा पसलको चक्कु प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ ।

हत्या गरेर चारदिन काठमाडौंमा नै बसेका आरोपी विनोद विश्वकर्मा १२ गतेमात्रै झापा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

झापाबाट पक्राउ गरी काठमाडौं ल्याइएका विकको भनाई उदृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘निराको पसलमा म सामान किन्ने निहुँमा छिरेको थिएँ । त्यही बेला गलाको सिक्री तान्न खोज्दा प्रतिकार गरेपछि हत्या गरेको हुँ । घटना वैशाख ७ गते घटेपछि १२ गतेसम्म काठमाडौंमा नै थिए । चारदिनपछि मात्रै झापा गएको हुँ ।’

निराको मुख थुनेर पसलमा रहेको चक्कु प्रहार गरी आफूले नै हत्या गरेको उनले स्वीकार गरेका छन् ।

यद्यपि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अधिकारीले विनोदको बयानबाट प्रहरी सन्तुष्ट नरहेको बताए । ती अधिकारीले भने, ‘अहिले झापाबाट आरोपीलाई हामी काठमाडौं ल्याउँदैछौँ । उनको प्रारम्भिक बयानबाट लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको देखिन्छ । तर, हामी थप अनुसन्धानपछि मात्रै सबै कुरा भन्छौँ ।’

घटनापछि उनले पसलभित्रै लुगा फेरेर भागेको बताएका छन् । प्रहरीका अनुसार घटनास्थलमा मास्कबाहेक उनको लुगा पनि भेटिएको छ । सम्भावित सीसी टिभी फुटेज वा आफ्नो हुलियाको प्रमाण नहोस् भनेर उनीभित्र जाँदा एउटा र हत्या गरेर फर्किँदा अर्कै लुगा लगाएको अनुसन्धानमा संलग्न एक अधिकारीको आशंका छ ।

उनले सिक्रीसँगै केही नगद पैसा पनि लगेर गएको बुझिएको प्रहरीले जनाएको छ । सिक्री भने प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण