2026-09-21 02:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

इन्डिनय प्रिमयर लिग (IPL) मा राजस्थान रोएल्सविरुद्ध मुम्बईको रोमाञ्चक जित

वैशाख १८, काठमाडौं | इन्डिनय प्रिमयर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले पहिलो संस्करणको विजेता राजस्थान रोएल्समाथि रोमाञ्चक जित हात पारेको छ ।

राजस्थानका लागि यशस्वी जैसवालको सानदार शतकको मदतमा मुम्बईलाई २१३ रनको लक्ष्य दिएको थियो । तर टिम डेभिडले अन्तिम ओभरमा लगतार तीन छक्का प्रहार गरेपछि मुम्बईलाई जित हासिल गराएका थिए | साथै मुम्बईको घरेलु मैदानमा दुई सय माथिको स्कोर चेस भएको यो पहिलो पटक हो ।

मुम्बईलाई जितका लागि अन्तिम ओभरमा १७ रन आवश्यक थियो । टिम डेभिडले राजस्थानका ज्यासन होल्डर सरुआती तीन बलमा लगातार तीन छक्का प्रहार गर्दै खेल जिताएका हुन् । उनले १४ बल खेल्दै २ चौका र ५ छक्का मद्तमा अविजित ४५ रन बनाए ।

मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५५ रन बनाए । भने क्यामरुन ग्रीनले २६ बलमा ४४ तथा इशान किसनले २३ बलमा २८ रन जोडे । तिलक बर्माले २१ बलमा अविजित २९ रन बनाए |

राजस्थानका रविचन्द्रन आश्विनले २विकेट लिए भने ट्रेन्ट बोल्ट र सन्दीप शर्माले समान १-१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१२ रन बनाएको थियो । राजस्थानका लागि ओपनर जैसवालले अन्तिम ओभरसम्म टिकेर शतकिए परि खेल्दै ६२ बलमा १८ चौका र ८ छक्का मदतमा १२४ रन बनाए । बटलरले १८ र कप्तान सन्जु सामसनले १४ रन बनाए ।

मुम्बईका अर्शद खानले ३ विकेट तथा पियुष चावलाले २ विकेट लिए । जोफ्रा आर्चर र राइले मेरेडिथले समान १ विकेट लिए ।

जितपछि मुम्बई ८ खेलबाट ८ अंक जोडेको सातौं स्थानमा छ भने  चौथो हार बेहोरेको राजस्थान ९ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी