२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपाद्वारा ३६ विभाग गठन, कुन विभागको प्रमुखमा को ? (सूचीसहित)

२०८०, १८ बैशाख सोमबार ०९:३२

वैशाख १८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३६ विभागहरू गठन गरेको छ । रास्वपाको सोमबार बसेको बैठकले विभाग गठन र हाल भएका विभागलाई पनि अद्यावधिक गर्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए । 

जसअनुसार नीति तथा विभाग विभागको प्रमुखमा डा मुकुल ढकाल चयन भएका छन् । यसैगरी प्रशिक्षण विभागको प्रमुखमा पनि ढकाल नै चयन भएका छन् । सङ्गठन विभागको प्रमुखमा कवीन्द्र बुर्लाकोटी, अभियान तथा प्रचार प्रसार विभागमा विपिन आचार्य, अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा शिशिर खनाल, प्रवास नेपाली सम्पर्क विभागमा डोलप्रसाद अर्याल प्रमुख चयन भएका छन् । 

यसैगरी मानवीय विकास प्रवर्द्धन विभागमा कुसुम महर्जन, उत्पादन प्रवर्द्धन विभागमा रामकृष्ण भट्टराई, केन्द्रीय आरएट संयोजन विभागमा विष्णु कुमार श्रेष्ठ, नेतृत्व क्षमता तथा मानव संसाधन विभागमा खुस्बु सरकार श्रेष्ठ, जनसम्पर्क विभागमा दीपक बोहरा, भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभागमा हरि ढकाल प्रमुख चयन भएका छन् ।

यसैगरी आर्थिक व्यवस्थापन विभागमा लिमा अधिकारी, गुनासो व्यवस्थापन विभागमा डा चन्दा कार्की, विकास, योजना तथा नीति तर्जुमा विभागमा अरनिको पाडे, तथ्यांक अनुसन्धान तथा अभिलेखन विभागमा मनिष झा चयन भएका छन् । 

यसैगरी विधेयक मन्थन विभागमा गणेश कार्की, गैरआवासीय नेपाली सम्पर्क विभागमा अर्जुन अधिकारी, कानुन तथा न्याय विभागमा सोविता अधिकारी र अर्थ नीति विभागमा डा स्वर्णिम वाग्ले प्रमुख चयन भएका छन् । 

यसै गरी सार्वजनिक लेखा समीक्षा विभागमा मनिष झा, शिक्षा विभागमा सुमना श्रेष्ठ, स्वास्थ्य तथा जनसङ्ख्या विभागमा डा तोसिमा कार्की, कृषि विभागमा अशोक चौधरी प्रमुख चयन भएका छन् । 

ढकालका अनुसार पर्यटन तथा संस्कृति विभागमा शिशिर खनाल, मुद्रा तथा पुँजी बजार विभागमा बिराज भक्त श्रेष्ठ, उद्योग तथा वाणिज्य विभागमा गणेश पराजुल, श्रम तथा उपभोक्ता हित विभागमा असिम शाह, यातायात विभागमा शिव नेपाली प्रमुख चयन भएका छन् । 

यसै गरी पूर्वाधार अनुगमन विभागमा निशा डाँगी, युवा तथा खेलकुद विभागमा डा तोसिमा कार्की, विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागमा सुमना श्रेष्ठ, मानव अधिकार विभागमा सन्तोष परियार। सहकारी विभागमा अशोक चौधरी, बन तथा वातावरण विभागमा विनीता कठायत र महिला तथा सामाजिक विकास विभागमा लक्ष्मी तिवारी प्रमुख चयन भएको डा ढकालले जानकारी दिए ।

विभाग र प्रमुखहरुको सूची हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना