२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

वीरगन्जमा केपी ओलीको पुत्ला दहन

२०८०, १८ बैशाख सोमबार ११:२५

वैशाख १८, काठमाडौँ | वीरगन्जमा राजवादीहरूले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गर्दै प्रदर्शन पनि गरेका छन्। 

वीरगन्जको घण्टाघर चोकमा सोमबार दिउँसो राजवादीहरूले ओलीको पुत्ला दहन गर्दै उनी विरुद्ध नाराबाजी पनि गरेका हुन्। 


ओलीले राजसंस्था र पूर्व राजपरिवारका सदस्य प्रति अपशब्द प्रयोग गरी सार्वजनिक अभिव्यक्ति दिएकाले यसले राजसंस्था प्रति अपमान र दुर्व्यवहार भएको भन्दै नेपाल राष्ट्रवाद संघको अगुवाइमा राजवादीहरूले ओलीको पुत्ला जलाउँदै प्रदर्शन गरेका हुन्। 

पूर्वका जिल्लामा भएको कार्यक्रममा गएका बेला आफूमाथि आक्रमणको प्रयास भएपछि एमाले अध्यक्ष ओलीले आइतबार एक सार्वजनिक कार्यक्रममा उक्त आक्रमणमा पूर्व राजसंस्था र राजपरिवारका व्यक्तिहरूको संलग्नता रहेको अभिव्यक्ति दिएका थिए। 

त्यही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै वीरगन्जमा सोमबार ओलीको पुत्ला जलाएर प्रदर्शन गरिएको नेपाल राष्ट्रवाद संघका केन्द्रीय अध्यक्ष जनकलाल साहले बताए। 

प्रदर्शनका क्रममा राजवादीहरूले ओली विरुद्ध नाराबाजी गर्दै राजसंस्था माथि औँला देखाउनेको औँला नै काटिदिने चेतावनी दिएका थिए। 

प्रदर्शनमा संघका अध्यक्ष साहसँगै संघका पृथ्वी झा, शम्भु चौरसिया, उमाशंकर प्रसाद, राजेश प्रसाद चौहान, राजेन्द्र पाल, वीरेन्द्र थापा लगायतको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना