४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा छनौट

१९ बैशाख २०८०, मंगलवार ०५:५९

वैशाख १९, काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा यूएईले दिएको ११८ रनको लक्ष्य भेटाएर नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा छनौट भएको छ । नेपालले युएई बिरुद्धको खेलमा ७ विकेटले जित निकालेको हो । 

सुरुवाती ब्याटिङ गरेको युएई ३३.१ ओभरमै अलआउट हुँदै ११७ रनमात्र बनाएको थियो । जवाफमा नेपालले ३ विकेटको क्षेतीमा ३०.३ ओभरको खेलमा युएईले दिएको लक्ष्य पुरा गर्न सफल भयो । नेपालको जितको लागि गुल्सन झाले ६७ रनको योगदान दिए भने भीम सार्कीले ३६ रनको योगदान दिए । 

यसअघि कप्तान रोहित पौडेल १ रन बनाएर रोहन मुस्तफाको शिकार बनेका थिए । त्यस्तै सातौँ ओभरमा आशिफ शेख ८ रन बनाएर आउट भएका थिए । आयन अफजल खानको बलमा उनी एल्बीडब्लू आउट भए । दोस्रो ओभरमा नै कुशल भुर्तेल १ रन बनाएर मुस्तफाकै बलमा आउट भएका थिए । त्यसपछि भिम र गुलसनको पार्टनरसीपलाई युएईले तोड्न सकेन ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाका कारण फाइनल खेल प्रभावित बनेपछि बाँकी खेल आज भएको हो । सोमबारनै दुई पटक वर्षाले प्रभावित खेलमा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो । आज त्यहीबाट पुनः खेल सुरु भएको थियो । यूएईले बाँकी खेलमा ११ रन थपेर अलआउट भएको थियो । 

सोमबार र मंगलबार भएको खेलमा यूएईलाई सस्तोमा समेट्न ललित राजवंशीले ४ विकेट लिएका थिए । त्यस्तै करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिए । 

आजको जितसंगै नेपाल आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ