2026-09-21 01:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टिम ह्यान्डसेकका क्रममा आसिफ र मुस्तफाबीच फेरि भनाभन, ज्ञानेन्द्रले गरे हस्तक्षेप

बैशाख १९, काठमाडौँ | प्राय विपक्षी टिमका खेलाडीहरूसँग लफडा गरिरहने यूएईका क्रिकेटर हुन् रोहन मुस्तफा ।

आज एसीसी प्रिमियर कपको फाइनलमा पनि उनी आफ्नो स्वभाव देखाउन चुकेनन् । यसपालि उनले नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेखसँग लफडा गरे । नेपालको ब्याटिङका दौरान मुस्तफा र आसिफबीच भनाभन भएको थियो । आसिफ ब्याटिङका लागि क्रिजमा छँदा मुस्तफा एकपछि अर्को कडा अपिल गरिरहेका थिए ।

नेपालका ब्याट्सम्यान गुल्शन झालाई गरेको अपिलमा अम्पायरले आउट नदिएपछि थर्ड अम्पायरमा पाइएको थियो । थर्ड अम्पायरले पनि हरियो बत्ती देखाइदिँदा मुस्तफाले संयम गुमाउन पुगे । मुस्तफाको अनावश्यक नोकझोकले आसिफलाई पनि उत्तेजित तुल्यायो । त्यसपछि यी दुईबीच भनाभन भएको थियो । यूएईका कप्तान मुहम्मद वसिम र अम्पायरहरुले उनलाई सम्झाएका थिए ।

आसिफ कुल भए पनि मुस्तफा भएनन् । उनले आसिफनेर आएर उनलाई ओठमा चुम्मा दिएको संकेत गरे । त्यसको दुई ओभरपछि आयान अफजल खानको बलमा आसिफ आउट भए । खेलका दौरान भएको यो विवाद खेलपछि पनि तन्कियो । नेपालले जितिसकेपछि टिम ह्यान्डसेकका दौरा फेरि मुस्तफा र आसिफबीच भनाभन भयो । यसपालि नेपाली टिमका खेलाडी ज्ञानेन्द्र मल्लले हस्तक्षेप गरेका थिए । उनले आसिफलाई तानेर लगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल