४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टिम ह्यान्डसेकका क्रममा आसिफ र मुस्तफाबीच फेरि भनाभन, ज्ञानेन्द्रले गरे हस्तक्षेप

१९ बैशाख २०८०, मंगलवार ०६:५१

बैशाख १९, काठमाडौँ | प्राय विपक्षी टिमका खेलाडीहरूसँग लफडा गरिरहने यूएईका क्रिकेटर हुन् रोहन मुस्तफा ।

आज एसीसी प्रिमियर कपको फाइनलमा पनि उनी आफ्नो स्वभाव देखाउन चुकेनन् । यसपालि उनले नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेखसँग लफडा गरे । नेपालको ब्याटिङका दौरान मुस्तफा र आसिफबीच भनाभन भएको थियो । आसिफ ब्याटिङका लागि क्रिजमा छँदा मुस्तफा एकपछि अर्को कडा अपिल गरिरहेका थिए ।


नेपालका ब्याट्सम्यान गुल्शन झालाई गरेको अपिलमा अम्पायरले आउट नदिएपछि थर्ड अम्पायरमा पाइएको थियो । थर्ड अम्पायरले पनि हरियो बत्ती देखाइदिँदा मुस्तफाले संयम गुमाउन पुगे । मुस्तफाको अनावश्यक नोकझोकले आसिफलाई पनि उत्तेजित तुल्यायो । त्यसपछि यी दुईबीच भनाभन भएको थियो । यूएईका कप्तान मुहम्मद वसिम र अम्पायरहरुले उनलाई सम्झाएका थिए ।

आसिफ कुल भए पनि मुस्तफा भएनन् । उनले आसिफनेर आएर उनलाई ओठमा चुम्मा दिएको संकेत गरे । त्यसको दुई ओभरपछि आयान अफजल खानको बलमा आसिफ आउट भए । खेलका दौरान भएको यो विवाद खेलपछि पनि तन्कियो । नेपालले जितिसकेपछि टिम ह्यान्डसेकका दौरा फेरि मुस्तफा र आसिफबीच भनाभन भयो । यसपालि नेपाली टिमका खेलाडी ज्ञानेन्द्र मल्लले हस्तक्षेप गरेका थिए । उनले आसिफलाई तानेर लगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ