१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरकारमा जाँदाका फाइदा र बेफाइदाबारे रवि लामिछाने र सीके राउतबीच छलफल?

१९ बैशाख २०८०, मंगलवार ०७:३८

बैशाख १९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ । मंगलवार बिहान काठमाडौँमा उनीहरूबीच भेटवार्ता भएको हो । 

रास्वपाले पार्टीले सभापति र अध्यक्षबीच भेटवार्ता भएको भन्दै राजनीतिमा उदाएका नयाँ शक्तिबीच हार्दिक र स्वच्छ प्रतिस्पर्धा आवश्यक भएको जनाएको छ । ‘नयाँ शक्तिहरू बीचको सौहार्दता : नयाँ र केही गरौं भन्दै नेपालको राजनीतिमा उदाएका नयाँ शक्तिहरूबीच हार्दिकता र स्वच्छ प्रतिस्पर्धा आजको आवश्यकता हो’ रास्वपाले सामाजिक सञ्जालमा लेखेको छ, ‘आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति माननीय रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष माननीय सिके राउतबीच भेटवार्ता भएको छ ।’

लामिछाने र राउतको पार्टीले ४ मंसिरको निर्वाचनमा पहिलोचोटी भाग लिएका हुन् । पहिलो प्रयासमै रास्वपाले २० र जनमतले ६ सिट जितेका थिए । दुवै दल सरकार जनमतका अध्यक्ष सिके रातउले प्रतिस्पर्धाबीच नयाँ दल कसरी अगाडि बढ्ने, नगारिकका सरोकारलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए ।

‘हामी दुवै नयाँ आएका दल हौं । अब कसरी अगाडि बढ्ने भन्नेमा छलफल शुरू भएको छ’ राउतले भने, ‘भेटमा सरकारमा जाँदाका फाइदा र बेफाइदाबारे पनि कुरा भयो । सरकारमा जाँदा नागरिकलाई कसरी डेलिभरी दिन सकिन्छ भन्ने विषयमा पनि हामीबीच संवाद भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण