2026-09-21 01:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग सामना गर्ने, यस्तो छ खेल तालिका

वैशाख १९, काठमाडौँ । एकदिवसीय क्रिकेटमा नेपालको ऐतिहासिक फड्को मार्दै एसिया कप खेल्ने भएको छ । मंगलबार घरेलु मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कप खेल्ने एतिहासिक अवसर सुरक्षित गरेको हो । 

एसिया कप आगामी सेप्टेम्बरमा पास्किस्तानमा हुँदैछ । तर भारतले एसिया कप खेल्न पाकिस्तान जान नमानेको कारण प्रतियोगिता कहाँ गर्ने भन्ने अनिश्चित रहेको बताइएको छ । यद्यपि, यो विषयलाई लिएर भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आफ्नो सरकारसँग थप छलफल गरिरहेको छ ।

भारतले आफ्नो टोली नपठाउने सम्भावना बढेपछि सम्बद्ध सबै पक्ष यतिबेला उचित समाधानको खोजीमा जुटेका छन् । आयोजक राष्ट्र पाकिस्तान पनि प्रतियोगिताले निरन्तरता पाओस् भन्ने चाहनामा रहेको हुँदा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एसीसीमा छुट्टै प्रस्ताव बुझाएको समाचारमा जनाइएको छ ।

खेल पाकिस्तानमै भएमा सेप्टेम्बर २ देखि सुरु हुनेछ । साथै खेलमा नेपालले भारतसँग ६ सेप्टेम्बरमा र पाकिस्तानसँग ९ सेप्टेम्बरमा खेल्नेछ । एसिया कपमा नेपालले पाएको प्रतिद्वन्दी भारतले सुरुदेखि नै ७ पटक एसिया कप जितेको छ भने पाकिस्तानले २ पटक एसिया कप जितेको छ । 

यस्तो छ खेल तालिका हेर्नुहोस् 

सेप्टेम्बर २, २०२३: श्रीलंका बिरुद्ध अफगानिस्तान (इस्लामावाद) 

सेप्टेम्बर ३, २०२३: भारत बिरुद्ध पाकिस्तान (कराची) 

सेप्टेम्बर ५, २०२३: बंगलादेश बिरुद्ध अफगानिस्तान (लाहोर)

सेप्टेम्बर ६, २०२३: भारत बिरुद्ध नेपाल (मुल्तान)

सेप्टेम्बर ८, २०२३: श्रीलंका बिरुद्ध बंगलादेश (कराची) 

सेप्टेम्बर ९, २०२३: पाकिस्तान बिरुद्ध नेपाल (इस्लामावाद) 

बाँकी खेल तालिका: 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल