१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपाले सरकारमा जान राख्यो चार सर्त, देउवा र रवि लामिछानेबीच भेटवार्ता

१९ बैशाख २०८०, मंगलवार १६:४६

वैशाख १९, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । रास्वपालाई पनि सरकारमा ल्याउने गृहकार्य भइरहेको बेला रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेको दुई दिन पछि कांग्रेस सभापति देउवालाई पनि भेटेका हुन् । 

माओवादी केन्द्रका महासचिव देव गुरुङले रास्वपालाई सरकारमा सहभागी गराउने विषयमा कुनै विमत्ति नभएको बताएका छन् । रास्वपाले सरकारमा सहभागी हुनका लागि मुख्यतः चार वटा शर्त राखेको छ ।

पहिलो – विगतमा लिएका मन्त्रालयहरु दिनुपर्ने ।

दोस्रो – मन्त्रालयको काममा हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाउनुपर्ने ।

तेस्रो – संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम पुनर्लेखन गर्नुपर्ने

चौथो – सरकारको निरन्तरताको सुनिश्चितता हुनुपर्ने ।

सत्तारुढ दलका नेताहरु रास्वपाका सबै शर्त मान्न तयार भए पनि पुरानै मन्त्रालय पाउनुपर्ने शर्तमा भने अलमल छ । किनकी प्रधानमन्त्रीले गृह मन्त्रालय आफूसँगै राख्न चाहेका कारण २२ माघमा रास्वपाले सरकार छाडेको थियो । अहिले गृहमन्त्रीमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् । उनलाई हटाएर गृह दिन प्रधानमन्त्री तयार भइसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण