2026-09-21 01:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरातविरुद्ध दिल्लीको ५ रनको सानदार जित

वैशाख २०, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल)मा  दिल्ली क्यापिटल्सले शीर्ष स्थानको गुजरात टाइटन्समाथि ५ रनको सानदार जित हात पारेको छ ।

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा भएको लो स्कोरिङ थ्रीलर खेलमा दिल्लीले १३० रनको लक्ष्य डिफेण्ड गर्दै सिजनको तेस्रो जित निकालेको हो ।

दिल्लीले दिएको १३१ रनको लक्ष्य पछ्याएको गुजरातका लागि कप्तान हार्किद पाण्ड्याले अर्धशतक प्रहार गरेपनि लक्ष्य भेट्न सकेन ।

गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । कप्तान हार्किद पाण्ड्याले ५३ बल अविजित ५९ रन बनाए । अभिनव मनोहरले ३३ बलमा २६ रन बनाए भने  राहुल तेवाटियाले ७ बलमा ३ छक्का सहित २० रन जोडे ।

दिल्लीका लागि खलिल अहमद र इशान्त शर्माले २/२ विकेट लिए भने एनरिक नोर्किअ र कुलदिप यादवले समान १ विकेट लिए ।

गुजरातको घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो ।

गुजरातका मोहम्मद शामीले दिल्लीको टप अर्डर ध्वस्त पारेपछि २३-५ को खराब अवस्थामा पुगेको दिल्लीको इनिङ्स सातौं नम्बरमा ब्याटिङ गरेका अमन हाकिम खानले अर्धशतक प्रहार गरेपछि उकासिएको थियो ।

अमनले ४४ बलमा ५१ रन बनाए । उनले अक्षर पटेलसँग ५० रनको साझेदारी गरे । अक्षरले २७ रन बनएका हुन् । रिपाल पटेलले १३ बलमा २३ रन बनाए । प्रियम गार्गले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

गुजरातका लागि शामीले ४ ओभरमा ११ रन मात्र खर्चेर ४ विकेट लिए । मोहित शर्माले २ तथा रासिद खानले १ विकेट लिए ।

९ खेल खेल्दा दिल्लीको यस सिजन यो तेस्रो जित हो भने लिग लिडर गुजरातको तेस्रो हार हो । हारपछि पनि ९ खेलबाट १२ अंकसहित गुजरात शीर्ष स्थानमै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल