४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरातविरुद्ध दिल्लीको ५ रनको सानदार जित

२० बैशाख २०८०, बुधबार ०३:४६

वैशाख २०, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल)मा  दिल्ली क्यापिटल्सले शीर्ष स्थानको गुजरात टाइटन्समाथि ५ रनको सानदार जित हात पारेको छ ।

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा भएको लो स्कोरिङ थ्रीलर खेलमा दिल्लीले १३० रनको लक्ष्य डिफेण्ड गर्दै सिजनको तेस्रो जित निकालेको हो ।


दिल्लीले दिएको १३१ रनको लक्ष्य पछ्याएको गुजरातका लागि कप्तान हार्किद पाण्ड्याले अर्धशतक प्रहार गरेपनि लक्ष्य भेट्न सकेन ।

गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । कप्तान हार्किद पाण्ड्याले ५३ बल अविजित ५९ रन बनाए । अभिनव मनोहरले ३३ बलमा २६ रन बनाए भने  राहुल तेवाटियाले ७ बलमा ३ छक्का सहित २० रन जोडे ।


दिल्लीका लागि खलिल अहमद र इशान्त शर्माले २/२ विकेट लिए भने एनरिक नोर्किअ र कुलदिप यादवले समान १ विकेट लिए ।

गुजरातको घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो ।

गुजरातका मोहम्मद शामीले दिल्लीको टप अर्डर ध्वस्त पारेपछि २३-५ को खराब अवस्थामा पुगेको दिल्लीको इनिङ्स सातौं नम्बरमा ब्याटिङ गरेका अमन हाकिम खानले अर्धशतक प्रहार गरेपछि उकासिएको थियो ।

अमनले ४४ बलमा ५१ रन बनाए । उनले अक्षर पटेलसँग ५० रनको साझेदारी गरे । अक्षरले २७ रन बनएका हुन् । रिपाल पटेलले १३ बलमा २३ रन बनाए । प्रियम गार्गले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

गुजरातका लागि शामीले ४ ओभरमा ११ रन मात्र खर्चेर ४ विकेट लिए । मोहित शर्माले २ तथा रासिद खानले १ विकेट लिए ।

९ खेल खेल्दा दिल्लीको यस सिजन यो तेस्रो जित हो भने लिग लिडर गुजरातको तेस्रो हार हो । हारपछि पनि ९ खेलबाट १२ अंकसहित गुजरात शीर्ष स्थानमै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ