Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रविका चालकको मृत्युबारे टिप्पणी गर्दा महेश बस्नेतको आलोचना

२०८०, २० बैशाख बुधबार ०६:४२

बैशाख २०, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका चालक शम्भु थापाको मंगलबार उपचारका क्रममा निधन भयो । चितवनस्थित लामिछानेको निवासको छतबाट खसेर गम्भीर घाइते भएका उनको राजधानीको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

रविका चालकको निधनपछि पाटन अस्पतालमा पोस्टमार्टम गराइएको छ । तर, पोस्टमार्टमको रिपोर्ट आइसकेको छैन । तर, एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले थापाको हत्या भएको हुनसक्ने आशंकासहितको टिप्पणी गरेपछि उनको आलोचना भएको छ । 

उनले मंगलबार नै सामाजिक सञ्जालमा भनेका थिए, ‘रविजीको ड्राइभर शम्भु भाइको हत्या भएको नहोस् । आत्महत्या भएको होस्् । कसैले आत्महत्या दुरुत्साहन नगरेको होस् । अझ दुर्घटना भएको होस् । गुड लक रवीजी र रास्वपा । हार्दिक श्रद्धाञ्जली शम्भु थापा भाइ ।’

बस्नेतको यो टिप्पणीलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आलोचना गरेका हुन् । बस्नेतले मृत्युबारे राजनीति र असंवेदनशील टिप्पणी गरेको भन्दै आलोचना भएको हो । 

बस्नेतले फेसबुकमै पनि उनको आलोचनासहित हजारौँ प्रतिक्रिया आएका छन् । यसैबीच लामिछानेका चालक थापाको बुधबार अन्त्येष्टि गरिँदैछ । सभापति लामिछाने चुनावी प्रचार क्रममा चितवन पुगेका थापा वैशाख ४ गते छतबाट खसेपछि हेलिकप्टरबाट राजधानी ल्याएर मेडिसिटीमा उपचार सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ