१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रविका चालकको मृत्युबारे टिप्पणी गर्दा महेश बस्नेतको आलोचना

२० बैशाख २०८०, बुधबार ०६:४२

बैशाख २०, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका चालक शम्भु थापाको मंगलबार उपचारका क्रममा निधन भयो । चितवनस्थित लामिछानेको निवासको छतबाट खसेर गम्भीर घाइते भएका उनको राजधानीको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

रविका चालकको निधनपछि पाटन अस्पतालमा पोस्टमार्टम गराइएको छ । तर, पोस्टमार्टमको रिपोर्ट आइसकेको छैन । तर, एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले थापाको हत्या भएको हुनसक्ने आशंकासहितको टिप्पणी गरेपछि उनको आलोचना भएको छ । 

उनले मंगलबार नै सामाजिक सञ्जालमा भनेका थिए, ‘रविजीको ड्राइभर शम्भु भाइको हत्या भएको नहोस् । आत्महत्या भएको होस्् । कसैले आत्महत्या दुरुत्साहन नगरेको होस् । अझ दुर्घटना भएको होस् । गुड लक रवीजी र रास्वपा । हार्दिक श्रद्धाञ्जली शम्भु थापा भाइ ।’

बस्नेतको यो टिप्पणीलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आलोचना गरेका हुन् । बस्नेतले मृत्युबारे राजनीति र असंवेदनशील टिप्पणी गरेको भन्दै आलोचना भएको हो । 

बस्नेतले फेसबुकमै पनि उनको आलोचनासहित हजारौँ प्रतिक्रिया आएका छन् । यसैबीच लामिछानेका चालक थापाको बुधबार अन्त्येष्टि गरिँदैछ । सभापति लामिछाने चुनावी प्रचार क्रममा चितवन पुगेका थापा वैशाख ४ गते छतबाट खसेपछि हेलिकप्टरबाट राजधानी ल्याएर मेडिसिटीमा उपचार सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण