१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भुटानी शरणार्थी बनाउने प्रकरणमा पक्राउ परेको सचिव पाण्डेमाथि अनुसन्धान गर्न तीनदिन म्याद थप

२० बैशाख २०८०, बुधबार १०:५०

बैशाख २०, काठमाडौँ | भुटानी शरणार्थीको आवरणमा भएको ठगी घटनामा पक्राउ परेका सचिव टेकनारायण पाण्डेमाथि अनुसन्धानका लागि तीन दिनको समय दिइएको छ ।

उपराष्ट्रपति कार्यालयमा कार्यरत उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज पाण्डेलाई पेप्सिकोलाबाट पक्राउ गरेको थियो । उनमाथि अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट तीन दिनको समय पाएको हो ।

तत्कालीन गृहसचिव रहेका पाण्डेको संलग्नता आशंकामा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

अनुसन्धानका लागि प्रहरीले पाण्डेलाई पक्राउका लागि अनुमति मागेको थियो । नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने गिरोहमा सरकारी उच्च अधिकारीहरूको पनि संलग्नता खुलेपछि प्रहरीले अनुसन्धानको सुई गृहका तत्कालीन अधिकारीतिर तेर्स्याएको थियो ।

यसै सिलसिलामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण