१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उँभौली पर्वको शुभकामना दिँदै प्रधानमन्त्री भने: सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता

२२ बैशाख २०८०, शुक्रबार ०५:३७

बैशाख २२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको कार्यान्वयनमा दृढतापूर्वक अगाडि बढिरहेको बताउनुभएको छ । 

किराँतहरूको महान् पर्व उँभौलीको अवसरमा आज शुभकामना दिँदै उहाँले संविधानमा सबै वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको पहिचान र अधिकारको संवैधानिक व्यवस्था रहेकाले सोही व्यवस्था भएबमोजिमका अधिकारको प्रगतिशील कार्यान्यवन आजको मुख्य दायित्व भएको जनाउनुभयो । उहाँले जनअधिकार स्थापित गर्ने सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभएको छ । 

कृषि युगमा प्रवेश गरेपश्चात् प्रचलनमा आएको उँभौली पर्व नेपालजस्तो कृषिप्रधान मुलुकका लागि थप प्रेरणादायी र सन्देशमूलक रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रकृतिलाई खुसी तुल्याएर भूमिबाट बढीभन्दा बढी लाभ लिने परम्परा संस्कृतिका दृष्टिले मात्र नभएर समृद्धि र विकासको चेतबाट समेत वैज्ञानिक र प्रगतिशील देखिएको बताउनुभएको छ । उधौली पर्व किरात समुदायका साथै उत्पादनशील चेतका समस्त नेपालीहरूको समेत पर्वको रूपमा स्थापित हुँदै गएको उहाँको भनाइ छ । 

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त स्वाधीन र समुन्नत मुलुक रहेको जनाउँदै प्रधानमन्त्री दाहालले नेपाली चाडपर्व, वेशभूषा, संस्कार–संस्कृतिहरू राष्ट्रिय एकताका सेतुमात्र नभएर समुन्नत नेपाल निर्माणका आधारशीलासमेत भएका बताउनुभयो । “ऐतिहासिक कालदेखि आफ्नो जीवनवृत्तिका क्रममा विभिन्न जाति र समुदायले हासिल गरेका अनुभव र प्राप्त ज्ञानको शृङ्खला नै सभ्यता र संस्कृतिको स्रोत पनि हो । यस अर्थमा नेपालका विभिन्न जातिले मनाउने पर्व हाम्रा ऐतिहासिक गौरवगाथा र प्रेरणाका स्रोत हुन्”, उहाँले भन्नुभयो । 

प्रधानमन्त्री दाहालले उँधौली पर्वले समान अधिकारका साथ सबै वर्ग, जाति, लिङ्ग र समुदायको भाषा, कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनसहित राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सकोस् भनी कामनासमेत गर्नुभएको छ । उहाँले स्वदेश तथा विदेशमा रहनुभएका किराँत समुदायलगायत सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, दीर्घायु र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण