१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपा उपसभापति अर्याल भन्छन् : रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको छैन

२२ बैशाख २०८०, शुक्रबार ०८:३१

बैशाख २२, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपाध्यक्ष डिपी अर्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूहरुलाई पुरानो मन्त्रालय दिन तयार रहेको बताएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा गएको थियो । तर नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्चको आदेशपछि रवि लामिछानेको सांसद पद गएपछि उनले गृहमन्त्रालय गुमाएका थिए । त्यसपछि रास्वपाका अरू मन्त्री पनि सरकारबाट फिर्ता भएका थिए ।

रवि लामिछानेले फेरि चुनाव जितेर आएपछि प्रचण्ड रास्वपालाई पुरानो मन्त्रालय दिन र न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्न तयार भएको अर्यालले दाबी गरे ।

उनले पार्टी भित्र सरकारमा जाने र नजाने भन्ने दुवै प्रकारका मत रहेकाले केन्द्रीय समिति र संसदीय दलको सयुक्त बैठक बसेर टुंगो लगाउने उनले बताए । अर्यालले भने, ‘सर्वसम्मत निर्णय हुन नसके बहुमतका आधारमा निर्णय लिन्छौ ।’

उनले सभापति लामिछानेलाई प्रधानमन्त्री बन्नका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको भन्दै सञ्चार माध्यममा आएका समाचारमा कुनै सत्यता नरहेको पनि बताए । अर्यालले भने, ‘त्यस्तो प्रस्ताव आएको छैन । मैले यस्तो प्रस्ताव आएको  र भनी सभापतिलाई सोधे । उहाँले होइन भन्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण