१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जसपाले २७ वैशाख पछि मात्रै मन्त्री पठाउने

२४ बैशाख २०८०, आईतवार ०६:३२

वैशाख २४, काठमाडौँ | जनता समाजवादी पार्टीले आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्री नपठाउँदा अझै सरकारले पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार जसपाले दुई मन्त्रालय पाएको थियो ।

तर, जसपाबाट अहिलेसम्म शिक्षा मन्त्रालयमा अशोक राईमात्र छन् । कतिपयले उपनिर्वाचनबाट निर्वाचित भएर आएका अध्यक्ष उपेन्द्र यादव नै सरकारमा जाने तयारी गरिरहेको बताइरहेका छन् । अब जसपाले भागमा वन मन्त्रालय बाँकी छ । आज कांग्रेसबाट महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारीमा सुरेन्द्र आचार्यले शपथ लिएसँगै जसपाको भागमा परेको वन मन्त्रालय मात्रै रिक्त हुन्छ ।

जसपा प्रवक्ता मनिष सुमनले पार्टीबाट सरकारमा मन्त्री पठाउने जिम्मा अध्यक्ष यादवलाई नै दिइसकेको बताए । उनले २७ गते पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएकाले त्यसपछि मात्रै सरकारमा मन्त्री पठाउने सम्भावना रहेको पनि बताए । जसपाबाट सरकारमा जान राजकिशोर यादव, प्रदीप यादव, नवलकिशोर शाहलगायत आकांक्षी छन् । अब जसपाले आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्री पठाइसकेपछि मात्रै प्रचण्ड सरकारले पूर्णता पाउने भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण