१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

निष्क्रिय नागरिकता विधेयक राष्ट्रपतिबाट जारी गराउने गठबन्धनको प्रयास

२४ बैशाख २०८०, आईतवार ०८:४१

वैशाख २४, काठमाडौँ |  सत्ता गठबन्धनको हिजोको बैठकले नागरिकता विधेयकका सन्दर्भमा एउटा अनौपचारिक निर्णय लियो, जसले राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यकालको प्रारम्भमै विवादमा तान्न सक्छ । उक्त बैठकमा यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेर निष्क्रिय बनाएको विधेयक नयाँ राष्ट्रपति पौडेलबाट जारी गराउन कुनै वाधा नभएको निष्कर्ष निकालिएको थियो ।

तत्कालीन संसद्को दुवै सदनले नागरिकता विधेयकलाई दुई पटक पारित गरेर प्रमाणीकरणका लागि शीतल निवास पठाएको थियो । पहिलो पटक आउँदा राष्ट्रपति भण्डारीले सुझावसहित फिर्ता पठाएकी थिइन् । तर, राष्ट्रपतिले दिएका सुझावलाई बेवास्ता गरी दोस्रो पटक पनि उक्त विधेयक जस्ताको तस्तै पठाइयो । तर, त्यसलाई राष्ट्रपतिले निर्धारित समयभित्र जारी नगरीकन निष्क्रिय बनाइदिएकी हुन् ।

संविधानले कुनै पनि विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरेको छ ।

संविधानको धारा ११३ (४) मा भनिएको छ, ‘राष्ट्रपतिले कुने विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ ।’

१५ दिनभित्र प्रमाणीकरण नभएको विधेयक के हुन्छ ? भन्ने संविधानमा उल्लेख छैन । तर, संविधानविदहरु तोकिएको समयभित्र प्रमाणीकरण नभएको खण्डमा कुनै पनि विधेयक स्वतः ‘मृत’ हुन बताउँछन् ।

एक वरिष्ठ अधिवक्ताले भने, ‘यति दिनभित्र प्रमाणीकरण हुनुपर्ने भन्नुको मतलब त्यसपछि गर्न मिल्दैन भन्ने हो । नागरिकता उति बेलै मृत भइसकेको छ । अहिले आएर जारी गरियो भने असंवैधानिक हुन्छ ।’

अर्कोतर्फ त्यस बेला विधेयक बनाएर पारित गरेको प्रतिनिधिसभा अहिले छैन ।

प्रतिनिधिसभाको निर्वाचन भएर नयाँ जनप्रतिनिधिहरू आइसकेपछि पुरानो संसद्ले पारित गरेको विधेयक जारी गर्न खोजिनु बलमिच्याईं मात्र भएको अर्का संविधानविद्ले बताए ।

‘यो भनेको हालको संसद्को क्षेत्राधिकार हनन हो । यदि गठबन्धनको सिफारिस वा दबाबमा परेर राष्ट्रपतिज्यूले विधेयक जारी गर्नुभयो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ,’ उनले भने ।

यता राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक जारी गर्न मिल्ने वा नमिल्ने विषयमा छलफल गर्न आज कानूनविदहरुसँग छलफल गर्दैछन् । उनले १ बजे कानूनविदहरुलाई शीतल निवास निम्त्याएका हुन् ।

हिजोको गठवन्धन बैठकमा सत्तारुढ दल निकट कानून व्यवसायीहरूलाई पनि निम्त्याइएको थियो । उनीहरूले रामचन्द्रबाट विधेयक जारी गर्न रोकावट नभएको सुझाव दिएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण