Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शरणार्थी प्रकरण : ओलीले प्रचण्डलाई दिए चारजनाको नाम

२०८०, २४ बैशाख आईतवार ०९:१७

वैशाख २४, काठमाडौँ | पार्टी सचिव टोपबहादुर रायमाझीमाथि नक्कली शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि दवावमा परेको छ प्रमुख प्रतिपक्षी दल नेकपा एमाले । यसै विषयलाई केन्द्रमा राखेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुईपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटिसकेका छन् ।

एमाले–माओवादी गठजोड टुटेदेखि चिसो सम्बन्धमा रहेका दुई नेताबीच लामो ग्यापपछि गत बिहीबार सिंहदरबारमा वान टु वान भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा कुराकानी नटुंगिएकाले प्रचण्डको बोलावटमा ओली हिजो फेरि सिंहदरबारमा छिरेका थिए । भेटवार्तामा भएको कुराकानीका विषयमा दुवै नेताहरुले खुलेर बताएका छैनन् ।


प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको भेटघाट नौलो कुरा होइन । तर, अहिलेको ‘टाइमिङ’ का कारण विभिन्न अड्कलवाजीहरु भइरहेका छन् ।

उच्चपदस्थ र जिम्मेवार नेताहरु नै मुछिन थालेपछि कतै उनीहरुलाई जोगाउनका लागि दुई नेताबीच ‘सेटिङ’ हुन लागेको त होइन भन्ने प्रश्न जनमानसमा उठिरहेको छ ।

एमाले स्रोतका अनुसार प्रधानमन्त्री र अध्यक्षको भेट शरणार्थी प्रकरणका विषयमा मात्रै केन्द्रित थिएन । संसदमा विचाराधीन सत्यनिरुपण र संवैधानिक परिषदसम्वन्धी दुई विधेयकबारे नेताद्वयबीच मन्थन भएको थियो । यस्तै कोही प्रदेशको नामाकरणलाई लिएर उत्पन्न गरिएको अराजकतालाई लिएर ओलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

सो प्रदेशका विभिन्न स्थानमा आफूमाथि आक्रमण प्रयास हुँदा सुरक्षा निकाय संवेदनशील नदेखिएको गुनासो उनले गरेको स्रोतले बतायो ।

नक्कली नागरिकताको पेचिलो प्रकरणमा पनि नेताद्वयबीच छलफल भएको थियो । एमाले अध्यक्ष ओलीले निष्पक्ष अनुसन्धान भइहरेकोमा आशंका व्यक्त गरेका थिए । पक्राउ परेका सानु भण्डारीको बयान रोकेर उनले नाम लिएका व्यक्तिहरुलाई जोगाउन प्रयास भएको ओलीको दाबी थियो ।

भण्डारीले बालकृष्ण खाँड, उनकी पत्नी मञ्जु, रामहरी खतिवडा र दिपेश पुन (पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको छोरा) को समेत नाम लिएको जानकारी आफूलाई प्रहरी र सरकारी वकिलबाट आएको प्रचण्डलाई सुनाएका थिए ।

त्यसपछि प्रचण्डले यी चारै जनाको संलग्नातका सम्वन्धमा विस्तृत जानकारी लिएर उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बालकोटमै पठाउने बताएको बुझिएको छ । ओली र श्रेष्ठको भेटका लागि हिजो बेलुका साढे ६ बजेको समयसमेत तय भएको थियो । तर, भेट भए/नभएको बारे स्रोतले अनभिज्ञता दर्शायो ।

यसैबीच, ओलीले हिजो पार्टीका महासचिव र दुई उपमहासचिवसँग छलफल गरेका छन् । आगामी २९ गते सुरु हुने पार्टी केन्द्रीय समिति वैठकको गृहकार्यका लागि आफ्नै निवास बालकोटमा उनले सो अनौपचारिक वैठक डाकेका थिए । वैठकमा शरणार्थी प्रकरणका विषयमा पनि विमर्श भएको थियो ।

महासचिव शंकर पोखरेल तथा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालसहितको छलफलमा ओलीले वैठकमा राज्यले गर्ने कुनै पनि कानूसम्मत अनुसन्धानमा पार्टीको पूर्ण सहयोग गर्ने निस्कर्ष निकालिएको थियो ।

तर, दिँदादिँदैको बयान रोकेर फरक बयानमा हस्ताक्षर गराएको सम्वन्धमा यथार्थ बाहिर आउनुपर्नेमा नेताहरुले जोड दिएका छन् । साथै, पार्टी सचिव रायमाझीले चाँडो प्रहरीको सम्पर्कमा आएर राज्यको अनुसन्धानलाई सघाउनुपर्ने निस्कर्ष पनि निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ