२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मृत भेटिएका चितवनका व्यवसायी कँडेलबारे रवि : म सत्य, न्याय र पीडितको पक्षमा छु

२०८०, २४ बैशाख आईतवार ०९:३९

वैशाख २४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू  सत्य,न्याय र पीडितको पक्षमा रहेको बताएका छन् । चितवनका सफल व्यवसायी शंकर कंडेल आत्महत्या प्रकरणमा आफूले अनुसन्धानमा कुनै कमी नहोस् भनेर निरन्तर खबरदारी गरिरहेको उनको भनाइ छ । 

‘चितवनका सफल व्यवसायी शंकर कंडेल आत्महत्या प्रकरणमा म परिवार सँग निरन्तर संवादमा छु, प्रशासन सँग निरन्तर समन्वयमा छु, अनुसन्धानमा कुनै कमी नहोस् भनेर निरन्तर खबरदारी गरीरहेको छु’, चितवन–२ का प्रतिनिधिसभा सदस्य समेत रहेका उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । 

 घटनामा राजनीतिको रंग नपोतियोस् भनेर आफू सचेत रहेको उल्लेख गर्दै लामिछानेले प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको बताएका छन् । 

‘म सत्य,न्याय र पीडितको पक्षमा छु। प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको छु’, उनको भनाइ छ, ‘ आर्थिक समस्यासँग लडिरहेको चितवनमा बन्द हड्ताल  केही नहोस् भनेर संयमपूर्वक सबै घटनाक्रमलाई नजिक बाट नियाली रहेको छु। म जिम्मेवार जनप्रतिनिधिको भुमिका निरन्तर निर्वाह गरिरहेको छु।’

केही दिनअघि कंणेलले आत्महत्या गरेका थिए । आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो