२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्रीलाई ओलीको प्रश्न- शरणार्थी प्रकरणमा छानबिन नगर्न तपाईंलाई कसले दबाब दियो ?

२०८०, २४ बैशाख आईतवार ११:१२

वैशाख २४, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नक्कली शरणर्थी प्रकरणमा कसले छानबिन नगर्न दबाब दियो ? भनेर प्रश्न गरेका छन् ।

शनिबार ओलीसँगको भेटपछि प्रचण्डले जसको दबाब आएपछि छानबिन गरेर दोषीलाई कारवाही गर्ने भन्दै दिएको अभिव्यक्तिप्रति ओलीको आक्रोश पोखे ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘म कसैलाई छाड्नेवाला छैन भनिरहेका छन् प्रधानमन्त्रीले । अहिलेको नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कुरा सुरुवाता गरेकै उनैले हो कि ? कुरा उठाएर छानविन थालेकै उनले हो कि ? भर्खर मैले कुरा गरेपछि बुझ्दैछु भन्दैछन् । तर, हिजो आएर प्रचण्डले फाइफुइँ गरेर मानिल्याऔं उनैको आविष्कार जस्तो गर्दैछन्। हामी सरकारको ध्यानाकर्षण गराइरहेका छौं ।’

उनले गत वर्षदेखि नै आफ्नो पार्टीको सांसदहरुले संसद बैठकमा कुरा उठाउँदा सरकारले नसुनेको दाबी गरे।

‘हामीले उहिलेदेखि संसदमा कुरा उठाएको नसुन्ने अहिले कसैलाई छाड्दिनँ रे । पुष्पकमल दाहालका खुशीको कुरा हो कसैलाई छाड्ने र नछाड्ने ? दोषि छ भने कानूनले छाड्दैन । को हो पुष्पकमल दाहाल छाड्दिनँ भन्ने ? के भन्या त्यो ? म झुक्दिनँ दबाबमा पर्दिनँ । कसले दबाब दियो’, उनले प्रश्न गर्दै भने, ‘मलाई बोलाएर भेट्ने विभिन्न विषयमा कुरा गर्ने, म निस्किएपछि कसैको प्रभावमा प्रर्दिनँ । म झुक्दिनँ पछि हट्दिनँ । कसले दबाब दियो तपाईलाई पछि हट्नु भनेर म प्रश्न गर्न चाहन्छु । मैले कसैको छानविन नगर्नुस् भनेको छैन । कडा साथ कारवाही गर्नुस् ।’

सो प्रकरणमा पार्टीका कोही व्यक्ति मुछिएको हुनसक्ने भएपनि एमालेलाई नै धसेट्न खोजेकोप्रति आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो