वैशाख २४, काठमाडौँ | नेपाली कांग्रेसकी सांसद तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवा आज सांसदमा आक्रोशितरुपमा प्रस्तुत भइन् । सांसद वैठकमा बोल्दै उनले आफूलाई भ्रष्टाचारका मुद्दामा जोडेर प्रचार गरिएकोमा आपत्ति जनाएकी थिइन् ।

राणाले आफ्नोमाथि उत्पन्न वि"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख २४, काठमाडौँ | नेपाली कांग्रेसकी सांसद तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवा आज सांसदमा आक्रोशितरुपमा प्रस्तुत भइन् । सांसद वैठकमा बोल्दै उनले आफूलाई भ्रष्टाचारका मुद्दामा जोडेर प्रचार गरिएकोमा आपत्ति जनाएकी थिइन् ।

राणाले आफ्नोमाथि उत्पन्न वि"/>

२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भ्रष्टाचारमा जाेडिएकाेप्रति आरजूको आक्रोश- नारीले आफ्नो हैसियतमा राजनीति गरेको सहेनन्

२०८०, २४ बैशाख आईतवार ११:२९

वैशाख २४, काठमाडौँ | नेपाली कांग्रेसकी सांसद तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवा आज सांसदमा आक्रोशितरुपमा प्रस्तुत भइन् । सांसद वैठकमा बोल्दै उनले आफूलाई भ्रष्टाचारका मुद्दामा जोडेर प्रचार गरिएकोमा आपत्ति जनाएकी थिइन् ।

राणाले आफ्नोमाथि उत्पन्न विवादलाई ‘लैंगिक विभेद’ को रुप दिन खोजिन् । नारीले आफ्नो हैसियतमा राजनीति गर्दा पुरुषहरुलाई सैह्य नभएको उनको टिप्पणी छ ।


आफ्नो श्रीमान ५-६ चोटि प्रधानमन्त्री बनेको र आफूहरुको सम्पत्तिको सबै विवरण सरकारसँग रहेको राणाले बताइन् । उनले अहिलेसम्म बनेका सबै सांसदहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न पनि चुनौति दिइन् ।

राणाको भनाइः

भ्रष्टाचारको कुरामा हामी साँच्चिकै कति सिरियस छौं भन्ने ठूलो प्रश्न उठेको छ । म नभएको दिन यहाँ मेरो नाम ईंगित गरेर अनेक प्रश्न उठाइयो । आज पनि उठेको पाएको छु । एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको सैह्य हुँदैन रहेछ । पुरुषले भनेको ठाउँमा मात्रै नारी बस्नुपर्ने, पुरुषकै भाष्य बोल्नुपर्ने । नारी आफ्नो पब्लिक लाइफमा आयो भने पुरुषलाई असैह्य हुने । यो परिस्थिति बनेको छ । यो नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय नै छ । त्यसको विरोधमा हो संविधान लेखेको । यसका लागि जसले जति क्रिटिसाइज गरे पनि… मैले केही बिराको छैन । डराउँदिन ।

हामी सम्पत्ति विवरण बुझाउँछौं । मेरो श्रीमान ५-६ चोटि प्रधानमन्त्री हुनुभएको छ । मेरो लगायत, हाम्रो सम्पत्ति विवरण नेपाल सरकारसँग सुरक्षित छ । म अनुरोध गर्न चाहन्छु, आजसम्म जति सांसद छौं, सबैको सम्पत्ति विवरण प्रकाशित गरेर वेवसाइटमा राखियोस । जनताले देखोस, कसको बढ्यो, कति बढ्यो, स्रोत के हो ? इन्डियामा हरेक महिना जुडिसियलका कर्मचारीले आफ्नो सबै हिसाब डिक्लीयर गर्नुपर्छ । हरेक महिनाको बिल बुझाउनुपर्छ । हामी त्यो कानून ल्याउन सक्छौं ? अरुलाई होच्याउन पाए जे पनि बोलेर हुन्छ ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ