वैशाख २४, काठमाडौँ | नेपाली कांग्रेसकी सांसद तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवा आज सांसदमा आक्रोशितरुपमा प्रस्तुत भइन् । सांसद वैठकमा बोल्दै उनले आफूलाई भ्रष्टाचारका मुद्दामा जोडेर प्रचार गरिएकोमा आपत्ति जनाएकी थिइन् ।

राणाले आफ्नोमाथि उत्पन्न वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख २४, काठमाडौँ | नेपाली कांग्रेसकी सांसद तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवा आज सांसदमा आक्रोशितरुपमा प्रस्तुत भइन् । सांसद वैठकमा बोल्दै उनले आफूलाई भ्रष्टाचारका मुद्दामा जोडेर प्रचार गरिएकोमा आपत्ति जनाएकी थिइन् ।

राणाले आफ्नोमाथि उत्पन्न वि"/>

१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भ्रष्टाचारमा जाेडिएकाेप्रति आरजूको आक्रोश- नारीले आफ्नो हैसियतमा राजनीति गरेको सहेनन्

२४ बैशाख २०८०, आईतवार ११:२९

वैशाख २४, काठमाडौँ | नेपाली कांग्रेसकी सांसद तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवा आज सांसदमा आक्रोशितरुपमा प्रस्तुत भइन् । सांसद वैठकमा बोल्दै उनले आफूलाई भ्रष्टाचारका मुद्दामा जोडेर प्रचार गरिएकोमा आपत्ति जनाएकी थिइन् ।

राणाले आफ्नोमाथि उत्पन्न विवादलाई ‘लैंगिक विभेद’ को रुप दिन खोजिन् । नारीले आफ्नो हैसियतमा राजनीति गर्दा पुरुषहरुलाई सैह्य नभएको उनको टिप्पणी छ ।


आफ्नो श्रीमान ५-६ चोटि प्रधानमन्त्री बनेको र आफूहरुको सम्पत्तिको सबै विवरण सरकारसँग रहेको राणाले बताइन् । उनले अहिलेसम्म बनेका सबै सांसदहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न पनि चुनौति दिइन् ।

राणाको भनाइः

भ्रष्टाचारको कुरामा हामी साँच्चिकै कति सिरियस छौं भन्ने ठूलो प्रश्न उठेको छ । म नभएको दिन यहाँ मेरो नाम ईंगित गरेर अनेक प्रश्न उठाइयो । आज पनि उठेको पाएको छु । एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको सैह्य हुँदैन रहेछ । पुरुषले भनेको ठाउँमा मात्रै नारी बस्नुपर्ने, पुरुषकै भाष्य बोल्नुपर्ने । नारी आफ्नो पब्लिक लाइफमा आयो भने पुरुषलाई असैह्य हुने । यो परिस्थिति बनेको छ । यो नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय नै छ । त्यसको विरोधमा हो संविधान लेखेको । यसका लागि जसले जति क्रिटिसाइज गरे पनि… मैले केही बिराको छैन । डराउँदिन ।

हामी सम्पत्ति विवरण बुझाउँछौं । मेरो श्रीमान ५-६ चोटि प्रधानमन्त्री हुनुभएको छ । मेरो लगायत, हाम्रो सम्पत्ति विवरण नेपाल सरकारसँग सुरक्षित छ । म अनुरोध गर्न चाहन्छु, आजसम्म जति सांसद छौं, सबैको सम्पत्ति विवरण प्रकाशित गरेर वेवसाइटमा राखियोस । जनताले देखोस, कसको बढ्यो, कति बढ्यो, स्रोत के हो ? इन्डियामा हरेक महिना जुडिसियलका कर्मचारीले आफ्नो सबै हिसाब डिक्लीयर गर्नुपर्छ । हरेक महिनाको बिल बुझाउनुपर्छ । हामी त्यो कानून ल्याउन सक्छौं ? अरुलाई होच्याउन पाए जे पनि बोलेर हुन्छ ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण