१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कहाँ गए ‘सभामुखसँगै काठमाडौँ आउँछु’ भन्ने टोपबहादुर ?

२४ बैशाख २०८०, आईतवार १२:१४

वैशाख २४, काठमाडौँ | नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्न भएको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएका सांसद टोपबहादुर रायमाझी भारत भागेको आशङ्का गरिएको छ । वैशाख २० गते साँझसम्म सम्पर्कमा रहेका रायमाझी त्यसपछि सम्पर्कमा रहेका छैनन् । 

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्नहरूको खोजी गर्ने क्रममा नेकपा एमालेका सचिवसमेत रहेका टोपबहादुर रायमाझीको नाम पनि मुछिएको थियो । गत चैत १२ गते पक्राउ परेका आरोपी सानु भण्डारीको डायरीमा रायमाझीलाई दिइएको रकमको विवरण भेटिएको थियो । रायमाझीका छोरा सन्दीप रायमाझी भने पक्राउ परिसकेका छन् । वैशाख २० काठमाडौँ जिल्ला अदालतबाट अर्घाखाँचीबाट प्रत्यक्ष निर्वाचित सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुँदै गर्दा उनी सभामुख देवराज घिमिरेसँग अर्घाखाँचीकै महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हीरक महोत्सवमा सहभागी हुँदै थिए । 

काठमाडौँबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीसँगको कुराकानीका क्रममा आफू सभामुखसँगै काठमाडौँ आउने र प्रहरी कार्यालयमा उपस्थित हुने आश्वासन रायमाझीले दिएका थिए । प्रहरीका एक अधिकारीका अनुसार वैशाख २० गते नै रायमाझी प्रहरीको सम्पर्कमा आएका थिए र वैशाख २२ गते बिहान काठमाडौँ प्रहरी परिसरमा उपस्थित हुने बताएका थिए । 

रायमाझी अर्घाखाँचीबाट बुटवलसम्म आइपुगेका थिए । तर बुटवल आएका रायमाझी वैशाख २१ गतेपछि भने सम्पर्कविहीन बने । वैशाख २१ गते बिहानसम्म रायमाझीको मोबाइलसमेत सुचारु रहेको र उक्त दिन उनी बुटवल क्षेत्रमा देखिएको एक प्रहरी अधिकारीले बताए । त्यसपछि उनी कता गए थाहा नभएको प्रहरीको भनाई छ । एक प्रहरी अधिकारीका अनुसार रायमाझी पक्राउ पर्ने डरले भारतमा भागेको हुनसक्ने आशङ्का गरिएको छ । प्रहरीले अदालतमा मुद्दा नबुझाउने समयसम्म भारतमै लुकेर बस्ने र प्रहरीले मुद्दा बुझाएपछि सोझै अदालतमा उपस्थित भएर धरौटीमा रिहा हुने योजनामा उनी भारत भागेको हुनसक्ने प्रहरीको आशङ्का छ ।

सत्तारुढ नेपाली काँग्रेसका केही नेताहरूले भने रायमाझी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घरमा लुकेर बसेको आरोपसमेत लगाएका छन् । यद्यपि शनिबार प्रधानमन्त्रीसँग भेटघाट गर्न बालुवाटार पुगेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने रायमाझीबारे आफूलाई केही थाहा नभएका बताएका छन् । 

रायमाझी कहाँ छन् भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले उहाँ (रायमाझी) आफ्नो सम्पर्कमा नरहेको भन्दै बरु कहाँ छन् तपाईंहरु नै बताइदिनुस् न’ भन्दै प्रतिप्रश्न गरेका थिए । यद्यपि गत बिहीबार भएको प्रधानमन्त्रीसँगको भेटमा भने अध्यक्ष ओलीले रायमाझी कतै भागेर नजाने दाबी गर्दै पक्राउ पुर्जी जारी भएकोमा आक्रोश व्यक्त गरेका थिए । उनले रायमाझीविरुद्ध षडयन्त्रपूर्वक ढङ्गले एक्सन लिने काम भएको पनि आरोप लगाएका थिए । ओलीले भनेका थिए, ‘षड्यन्त्रपूर्वक ढङ्गले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने ? त्यस्तो खालको रहस्यपूर्ण के छ ? ओलीले अगाडि थपे, ‘भागेर कतै गइहाल्ने मान्छे त होइन । अहिलेको सिटिङ एमपी भागेर कतै जाने खालको कुरा त होइन ।’

गत बुधबारदेखि ‘सिटिङ एमपी’ सम्पर्कविहीन भएर फरार रहेका छन् । प्रहरीले खोजी गर्दा उनी कतै पनि भेटिएका छैनन् । भागेर भारत गएको आशङ्का गरिए पनि उनी बुटवलमै कतै लुकेर बसेकोसमेत हुनसक्ने समेत आशङ्का छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण