१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

…त्यसपछि फुकाले अमरेशले संसदमै लुगा, निष्काशन हुनबाट जोगिए

२५ बैशाख २०८०, सोमबार ०६:३०

वैशाख २५, काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै स्वतन्त्र सांसद अमरेश कुमार सिंह आफ्नो आसनबाट उठेर बोल्न खोजे । सँगसँगै नेमकिपाका सांसद प्रेम सुवालले पनि बोल्न खोजे । तर, सभामुख देवराज घिमिरेले बोल्ने समय दुबै जनालाई समय दिएनन् ।  त्यसपछि आक्रोशित बन्दै स्वतन्त्र सांसद अमरेश कुमार सिंहले धमाधम आफ्नो कम्मरमाथिको कपडा फुकाल्न थाले ।  उनले सर्टदेखि भित्री भेस्टसम्म फुकालेर सर्वाङ्ग बने ।

उनले धमाधम लुका फुकाल्न थालेपछि सभामुख नै एकछिन अलमलमा देखिए । त्यही क्रममा संसदका कर्मचारीहरुको सहयोग लिएर उनले भने, ‘माननीय सदस्य बसौँ म तपाईंलाई नियमावलीको नियम २१ को खण्ड ‘घ’ आकर्षित गर्न चाहन्छु । माननीय सदस्य तपाईँ अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक व्यवहारहरु नदेखाउनुस्, त्यस्तो अभिव्यक्ति नगर्नुस् । माननीय सदस्य अमरेश कुमार सिंह, जुन व्यवहारहरु देखाइरहनु भएको छ, त्यसले गर्दा म हाम्रो नियम ३० को आधारमा तपाईँलाई चेतावनी दिन चाहन्छु । तपाईँ आफ्नो ठीक ढंगबाट बस्नुस् ।’

सभामुखले पटक पटक उनलाई चेतावनी दिइरहे । यस्तै अन्य सांसदहरुले पनि आसनबाट उठ्दै अमरेशको हर्कतको आलोचना गरे ।  उनले असभ्य व्यवहार हटाएर सभ्यताका साथ आफ्नो कुराहरु नियमअनुसार राख्न पनि निर्देशन दिए । उनले नियम नमाने थप अन्य कारबाही हुने चेतावनी दिएपछि अमरेश संयमित बन्न खोजेका थिए, तर त्यतिबेलासम्म हंगामा भइसकेको थियो ।  सभामुखको लगातारको चेतावनीपछि अमरेशले आफूले फुकालेको लुगा लगाए भने त्यसपछि सदन सहज ढंगले अगाडि बढ्यो । तर, सांसदहरुले सिंहको हर्कतको कारबाही हुनुपर्नेमाग समेत गरेका छन् ।

 निष्काशन हुनबाट जोगिए

सांसद अमरेशकुमार सिंह प्रतिनिधि सभाको सोमबारको बैठक कक्षबाट निष्काशन हुनबाट जोगिएका छन् । प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३० मा सभामुखले सांसद सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्नका लागि चेतावनी दिनसक्ने व्यवस्था  छ । चेतावनी पाएपछि अभद्र व्यवहार गर्ने सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्छ । त्यसै अनुसार सिंहले आफुले फुकाएको लुगा लगाएका हुन् । स्वतन्त्र सांसद सिंहले फुकालेको लुगा नलगाएको भए सभामुख घिमिरेले बैठक कक्षबाट निष्काशन गर्ने तयारी गरेका थिए । नियमावलीको नियम ३० मा सांसदले अभद्र व्यवहार देखाएमा सभामुखले निष्काशन गर्न सक्ने व्यवस्था छ ।

नियम २० को चेतावनी पालना नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिनसक्ने व्यवसथा छ । आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर जानुपर्छ । बैठकबाट निष्काशन भइसकेपछि उक्त दिनको बाँकी अवधिको बैठकमा निष्काशन भएको सांसद उपस्थित हुन नपाउने व्यवस्था छ ।

सभामुखको ओदश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर नगएमा सभामुखले मर्यादापालकको सहयोग लिएर बाहिर निकाल्न सक्नेछन् । मर्यादापालकको सहयोगबाट निष्काशन सदस्यले त्यसपछिको तीन दिनसम्म सांसद वा कुनै समितिको भाग लिन पाउने छैन । यसरी निकालिएकोमा सचिवले त्यसको स्रूचना सम्बन्धित समिति तथा संसदीय दललाई दिनेछ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण