९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शरणार्थी प्रकरणबारे सांसद असिम शाहको कटाक्ष : ट्रेलर ब्लकबस्टर छ, फिल्म झूर नबनाउनुस्

२५ बैशाख २०८०, सोमबार ०८:१५

वैशाख २५, काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकको मुख्य उद्देश्य प्रि-बजेटको छलफल थियो । तर वर्षे अधिवेशनको यो दोस्रो बैठकमा केही दृश्यले ध्यानाकृष्ट गरे । सांसद अमरेशकुमार सिंह प्रतिनिधिसभामै अर्धनग्न भए । केही सांसदले भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीको हालैको अभिव्यक्तिलाई लिएर कटाक्ष गरे ।

यस्तो कटाक्ष गर्नेमध्ये एक थिए रास्वपा सांसद असिम शाह । पेशाले फिल्म निर्देशक र निर्माता समेत रहेका उनले संसदमा पहिलोपटक बोल्दा पनि फिल्मकै सन्दर्भअनुसार बोलेका थिए । सोमबार प्रतिनिधिसभाको बैठकमा पनि फिल्म निर्देशक समेत रहेका सांसद शाहले भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई कटाक्ष गर्दै छानबिनमा खुट्टा नकमाउन आग्रह गरे ।

उनले यसो भनिरहँदा नेपाली फिल्मको पछिल्लो बजार प्रवृत्ति, ट्रेलर निर्माणदेखि फिल्म हिट र फ्लप हुने कुरासम्म उठाएका थिए । ‘अहिले प्रधानमन्त्रीज्यूले रिलिज गर्नुभएको भुटानी शरणार्थी प्रकरणको ट्रेलर सडकदेखि सदनसम्म ब्लकबस्टर भएको छ । अक्सर नेपाली फिल्महरुमा ट्रेलर गजब तर फिल्म झूर हुने भन्ने आरोपलाई गलत पुष्टि गर्ने सुवर्ण अवसर प्रधानमन्त्रीलाई छ,’ उनले भने ।

शाहले संसदमा के भने ?

सम्मानीय सभामुख महोदय,

सदनमा मैले पहिलो मन्तव्य राजनीति र चलचित्र, यसका नायक र खलनायकको विषय उठाएको थिएँ । अहिले प्रधानमन्त्रीज्यूले रिलिज गर्नुभएको भुटानी शरणार्थीको ट्रेलर सडकदेखि सदनसम्म ब्लकबस्टर भएको छ । अक्सर नेपाली फिल्महरुमा ट्रेलर गजब तर फिल्म झूर हुने भन्ने आरोपलाई गलत पुष्टि गर्ने सुवर्ण अवसर प्रधानमन्त्रीलाई छ ।

यस्तै सन्दर्भमा ब्लकबस्टर फिल्म निर्माण र निर्देशन गर्ने अनुभव भएको फिल्मकर्मी भएको नाताले सरकारलाई केही सुझाव दिन चाहन्छु, दर्शकको लागि चलचित्र बनाउँदैछौं भने दर्शकले बुझ्ने गरेर चलचित्र बन्नुपर्छ । जनताको लागि प्रदर्शनमा ल्याउन लागिएको यो भुटानी शरणार्थीको फिल्म जनताले बुझ्ने गरेर पारदर्शी ढंगले अनुसन्धान हुनुपर्छ, खुट्टा नकमाइयोस् । चलचित्रमा लगानीकर्ताको प्रलोभनमा परी उसको अनुकूल कथामा परिवर्तन गरियो भने चलचित्र डुब्छ । त्यसैगरी यहाँ पनि सरकार कुनै पनि लगानीकर्ताको प्रलोभनमा नपरोस् ।

शंकास्पद नेतृत्व, विचौलिया, कर्मचारी जो कसैको भूमिकामा पनि स्पष्ट छानबिन गरियोस् । दायाँबायाँ नहोस् । कलाकार राख्दा फिल्म डुब्छ, त्यसैगरी यो फिल्ममा पनि आफ्ना निकट भनेर निकटस्थलाई बचाउन खोज्दा देश डुब्छ, ख्याल राखियोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै