Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शरणार्थी प्रकरणबारे सांसद असिम शाहको कटाक्ष : ट्रेलर ब्लकबस्टर छ, फिल्म झूर नबनाउनुस्

२०८०, २५ बैशाख सोमबार ०८:१५

वैशाख २५, काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकको मुख्य उद्देश्य प्रि-बजेटको छलफल थियो । तर वर्षे अधिवेशनको यो दोस्रो बैठकमा केही दृश्यले ध्यानाकृष्ट गरे । सांसद अमरेशकुमार सिंह प्रतिनिधिसभामै अर्धनग्न भए । केही सांसदले भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीको हालैको अभिव्यक्तिलाई लिएर कटाक्ष गरे ।

यस्तो कटाक्ष गर्नेमध्ये एक थिए रास्वपा सांसद असिम शाह । पेशाले फिल्म निर्देशक र निर्माता समेत रहेका उनले संसदमा पहिलोपटक बोल्दा पनि फिल्मकै सन्दर्भअनुसार बोलेका थिए । सोमबार प्रतिनिधिसभाको बैठकमा पनि फिल्म निर्देशक समेत रहेका सांसद शाहले भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई कटाक्ष गर्दै छानबिनमा खुट्टा नकमाउन आग्रह गरे ।

उनले यसो भनिरहँदा नेपाली फिल्मको पछिल्लो बजार प्रवृत्ति, ट्रेलर निर्माणदेखि फिल्म हिट र फ्लप हुने कुरासम्म उठाएका थिए । ‘अहिले प्रधानमन्त्रीज्यूले रिलिज गर्नुभएको भुटानी शरणार्थी प्रकरणको ट्रेलर सडकदेखि सदनसम्म ब्लकबस्टर भएको छ । अक्सर नेपाली फिल्महरुमा ट्रेलर गजब तर फिल्म झूर हुने भन्ने आरोपलाई गलत पुष्टि गर्ने सुवर्ण अवसर प्रधानमन्त्रीलाई छ,’ उनले भने ।

शाहले संसदमा के भने ?

सम्मानीय सभामुख महोदय,

सदनमा मैले पहिलो मन्तव्य राजनीति र चलचित्र, यसका नायक र खलनायकको विषय उठाएको थिएँ । अहिले प्रधानमन्त्रीज्यूले रिलिज गर्नुभएको भुटानी शरणार्थीको ट्रेलर सडकदेखि सदनसम्म ब्लकबस्टर भएको छ । अक्सर नेपाली फिल्महरुमा ट्रेलर गजब तर फिल्म झूर हुने भन्ने आरोपलाई गलत पुष्टि गर्ने सुवर्ण अवसर प्रधानमन्त्रीलाई छ ।

यस्तै सन्दर्भमा ब्लकबस्टर फिल्म निर्माण र निर्देशन गर्ने अनुभव भएको फिल्मकर्मी भएको नाताले सरकारलाई केही सुझाव दिन चाहन्छु, दर्शकको लागि चलचित्र बनाउँदैछौं भने दर्शकले बुझ्ने गरेर चलचित्र बन्नुपर्छ । जनताको लागि प्रदर्शनमा ल्याउन लागिएको यो भुटानी शरणार्थीको फिल्म जनताले बुझ्ने गरेर पारदर्शी ढंगले अनुसन्धान हुनुपर्छ, खुट्टा नकमाइयोस् । चलचित्रमा लगानीकर्ताको प्रलोभनमा परी उसको अनुकूल कथामा परिवर्तन गरियो भने चलचित्र डुब्छ । त्यसैगरी यहाँ पनि सरकार कुनै पनि लगानीकर्ताको प्रलोभनमा नपरोस् ।

शंकास्पद नेतृत्व, विचौलिया, कर्मचारी जो कसैको भूमिकामा पनि स्पष्ट छानबिन गरियोस् । दायाँबायाँ नहोस् । कलाकार राख्दा फिल्म डुब्छ, त्यसैगरी यो फिल्ममा पनि आफ्ना निकट भनेर निकटस्थलाई बचाउन खोज्दा देश डुब्छ, ख्याल राखियोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ