१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

योगेश भट्टराईलाई प्रश्न- टोपबहादुर रायमाझी कहाँ हुनुहुन्छ ?

२५ बैशाख २०८०, सोमबार ०९:१९

वैशाख २५, काठमाडौँ | नेकपा एमालेका सचिव योगेश भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राजनीतिक दबाबमा बयान फेर्ने प्रयास नगर्न आग्रह गरे ।

उनले भने, ‘जोसुकै उच्च तहको मान्छे होस्, त्यसमा मुछिएको छ भने ऊ कारबाहीको भागीदार हुन्छ ।’

सांसद भट्टराईले त्यसो भन्दै गर्दा पत्रकारले उनलाई त्यसो भए तपाईंहरुकै पार्टी सचिव तथा सांसद टोपबहादुर रायमाझी कहाँ हुनुहुन्छ भन्ने प्रश्न गरेका थिए । उनको जवाफ थियो, ‘त्यो त उहाँलाई नै सोध्नुस् ।’

हजुरहरुलाई त थाहा हुनुपर्ने होइन र भन्ने अर्को प्रश्नमा भट्टराईले झर्किँदै भने, ‘मेरो त्यो खोज्ने जिम्मा छ । मलाई राज्यले त्यो जिम्मेवारी दिएको छ । तपाईंहरुको चाहिँ दायित्व होइन ? तपाईंहरु नै खोज्नुस् न । त्योस्तरको कुरा मलाई नसोध्नुस् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण