१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अडियो सार्वजनिक भएपछि मञ्जुले दिइन् अनलाइन मिडियाविरुद्ध उजुरी, काउन्सिलद्वारा कारबाहीका लागि पत्राचार

२५ बैशाख २०८०, सोमबार १०:००

वैशाख २५, काठमाडौँ | आफूलाई जोडेर लेनदेनको वातचित गरिएको अडियो मिडियामा सार्वजनिक भएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणले प्रेस काउन्सिलमा उजुरी दिएकी छन् । नक्कली आवाजको भिडियो बनाएर आफ्नो चरित्रहत्या गर्न खोजिएको उनको दाबी छ ।

खाँणले सो अडियो राख्ने नेपाल दैनिक डटकमविरुद्ध उजुरी दिएकी हुन् ।

उनले उजुरीमा भनेकी छन्, ‘म मञ्जु खाँणलाई जोडेर नक्कली आवाजको भिडिओ बनाइ सामाजिक सञ्जाल तथा विभिन्न अनलाइनमा सम्प्रेषण गरी मेरो व्यक्तिगत चरित्रहत्या गर्ने कार्य भएको हुँदा उक्त अनलाइन मिडियालाई कडाभन्दा कडा कारबाही गरिपाउँ ।’

यस विषयमा काउन्सिलले छानबिन गर्दा प्रकाशित सामग्री एकपक्षीय र पत्रकार आचारसंहिताविपरीत हुनुका साथै उक्त वेब पोर्टल नियमानुसार दर्ता र सूचीकृत नरहेको पाइएको जनाएको छ ।

काउन्सिलले सो अनलाइनलाई कारबाहीका निम्ति नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । पत्रमा सो अनलाइन पोर्टललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था मिलाउन भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण