१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

धनराजलाई प्रश्न- महामन्त्रीले चुप लगाएर बस्दिनँ भन्नुभएको छ, पार्टी विभाजनतिर जाने संकेत त होइन ?

२५ बैशाख २०८०, सोमबार ११:१४

वैशाख २५, काठमाडौँ | कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नागरिकता विधेयकको बिषयमा आफूहरुले छलफल गरिरहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा उनले नागरिकता विधेयकमा कसरी अघि बढ्नेबारे गृहकार्य भइरहेको बताए ।

उनले भने, ‘संविधानले संसदबाट अनुमोदन गरेर पठाउने र राष्ट्रपतिले प्रमाणिकरण गर्ने व्यवस्था छ। राष्ट्रपतिबाट एकपटक फर्केर आइसकेपछि फेरि संसदबाटै अनुमोदन भएर राष्ट्रपतिकहाँ पुग्यो। त्यसपछि १५ दिनभित्र प्रमाणिकरण गर्नुपर्ने हो, भएन । अब त्यसबारेमा संविधानले पनि बोलेको छैन। त्यसो भएर अहिले छलफलमा छौं ।’

यस्तै, उनले सबै उच्च तहका मन्त्रीदेखि कर्मचारीको सम्पत्ति सार्वजनिक मात्रै नभएर आवश्यकता अनुसार छानविन नै गर्नुपर्ने बताए ।

उनले भने, ‘सबैको सम्पत्ति राज्यको हो। त्यसैले राज्यले चाहेको बेलामा सबै नेता, कर्मचारी सबैको छानबिन गर्नुपर्छ ।’

महामन्त्रीले हिजो अब चुप लगाएर बस्दिनँ भन्नुभएको छ । त्यसले पार्टीमा समानान्तर गतिविधि हुने वा पार्टी विभाजनतिर जाने संकेत त होइन ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘यो प्रश्न महामन्त्रीज्यूलाई नै सोध्नुहोला । उहाँ पार्टीमा टप फाइभभित्रै हुनुहुन्छ । त्यसो भएकाले उहाँले बोलेको बिषयमा मैले टिप्पणी गर्नु उचित हुँदैन ।’

उनले पार्टीमा समानान्तर कमिटी र विभाजन हुन्छजस्तो नलागेको प्रष्ट्याए ।

उनले भने, ‘गगन थापाजी शालिन व्यक्तित्वको रुपमा देख्छु । शालिन व्यक्तिबाट अनिष्ट हुने गरेर उहाँले पाइला चाल्नुहुन्छ भन्ने मलाई विश्वास नै छैन। त्यसकारणले उहाँ जिम्मेवार हुनुहुन्छ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण