१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बिन्दवासिनीले पाइसकेकी छन् निर्वाचन आयोगबाट प्रमाणपत्र, सर्वोच्चको आदेशले सपथ रोकिने

२५ बैशाख २०८०, सोमबार ११:४०

वैशाख २५, काठमाडौँ | सर्वोच्च अदालतले आज ढाकाकुमार श्रेष्ठलाई कारवाही गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम अल्पकालीन आदेश दिएको छ । तर, पार्टीबाट ढाकाको ठाउँमा विन्दवासिनी कंसाकार सामानुपातिक सांसद नियुक्त भइसकेकी छन् । सर्वोच्चले आफ्नो आदेशमा रास्वपाको केन्द्रीय आचरण तथा अनुशासन समितिलाई कारण देखाउन र अल्पकालीन अन्तरिम आदेश दिएको हो । यो आदेशले ढाकाको सांसद पद तत्काललाई थमौती हुन्छ वा हुँदैन भन्ने अन्योल देखिएको छ ।


ढाकाले आफूमाथि गरिएको कारवाही बदर गर्न माग गर्दै हिजो रिट दायर गरेका थिए । उनले रास्वपा र संसद सचिवालयलाई विपक्षी बनाएका छन् । उक्त रिटमा आज सुनवाई गर्दै न्यायधीस तिलप्रसाद श्रेष्ठको इजलासले रास्वपाको केन्द्रीय आचरण तथा अनुशासन समितिको नाममा कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश दिएको हो । अल्पकालीन आदेश थोरै समयका लागि हुन्छ ।

सर्वोच्चको आदेशले ढाकाकुमारमाथिको कारवाही कार्यान्वयनमा रोकेको छ । रास्वपाले भने ढाकालाई कारवाही गरेकै दिन पार्टीबाट समानुपातिक सांसदमा विन्दवासिनी कंसाकारलाई सिफारिस गरेको थियो । उक्त सिफारिसलाई सदर गर्ने निर्णय निर्वाचन आयोगले गत २१ गते लिएको छ । हिजो मात्रै कंसाकारले आयोगमा पुगेर प्रमाणपत्रसमेत लिइसकेकी छन् । कंसाकारको सपथ ग्रहण भने हुन सकेको छैन । आयोगका एक पदाधिकारीले सर्वोच्चको आदेशपछि सपथग्रहण रोकिने बताए । तर, यही आदेशका आधारमा ढाका संसद वैठकमा जान नमिल्ने उनको भनाइ छ ।

रास्वपाका नेताहरु भने सर्वोच्चको आदेशले केही अन्योलमा परेका छन् । पार्टीका प्रवक्ता डा. मुकुल ढकालले आदेशको पूर्णपाठ पर्खिरहेको बताए ।

जेठ ५ गते अन्तरिम आदेशको छलफलमा बोलाइयो

सर्वोच्च अदालतले ढाकाकुमार श्रेष्ठको सांसद पद विवादको अन्तरिम आदेशबारे छलफल गर्न जेठ ५ गते सबै पक्षलाई बोलाएको छ । न्यायाधिश तिलकुमार श्रेष्ठले सोमबार श्रेष्ठको रिटमा अल्पकालिन अन्तरिम आदेश दिएका थिए । जेठ ५ को छलफलले अन्तरिम आदेश कायम हुने वा अल्पकालिन आदेश खारेज हुनेमध्ये एक निर्क्योल गर्ने छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण