Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बिन्दवासिनीले पाइसकेकी छन् निर्वाचन आयोगबाट प्रमाणपत्र, सर्वोच्चको आदेशले सपथ रोकिने

२०८०, २५ बैशाख सोमबार ११:४०

वैशाख २५, काठमाडौँ | सर्वोच्च अदालतले आज ढाकाकुमार श्रेष्ठलाई कारवाही गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम अल्पकालीन आदेश दिएको छ । तर, पार्टीबाट ढाकाको ठाउँमा विन्दवासिनी कंसाकार सामानुपातिक सांसद नियुक्त भइसकेकी छन् । सर्वोच्चले आफ्नो आदेशमा रास्वपाको केन्द्रीय आचरण तथा अनुशासन समितिलाई कारण देखाउन र अल्पकालीन अन्तरिम आदेश दिएको हो । यो आदेशले ढाकाको सांसद पद तत्काललाई थमौती हुन्छ वा हुँदैन भन्ने अन्योल देखिएको छ ।


ढाकाले आफूमाथि गरिएको कारवाही बदर गर्न माग गर्दै हिजो रिट दायर गरेका थिए । उनले रास्वपा र संसद सचिवालयलाई विपक्षी बनाएका छन् । उक्त रिटमा आज सुनवाई गर्दै न्यायधीस तिलप्रसाद श्रेष्ठको इजलासले रास्वपाको केन्द्रीय आचरण तथा अनुशासन समितिको नाममा कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश दिएको हो । अल्पकालीन आदेश थोरै समयका लागि हुन्छ ।

सर्वोच्चको आदेशले ढाकाकुमारमाथिको कारवाही कार्यान्वयनमा रोकेको छ । रास्वपाले भने ढाकालाई कारवाही गरेकै दिन पार्टीबाट समानुपातिक सांसदमा विन्दवासिनी कंसाकारलाई सिफारिस गरेको थियो । उक्त सिफारिसलाई सदर गर्ने निर्णय निर्वाचन आयोगले गत २१ गते लिएको छ । हिजो मात्रै कंसाकारले आयोगमा पुगेर प्रमाणपत्रसमेत लिइसकेकी छन् । कंसाकारको सपथ ग्रहण भने हुन सकेको छैन । आयोगका एक पदाधिकारीले सर्वोच्चको आदेशपछि सपथग्रहण रोकिने बताए । तर, यही आदेशका आधारमा ढाका संसद वैठकमा जान नमिल्ने उनको भनाइ छ ।

रास्वपाका नेताहरु भने सर्वोच्चको आदेशले केही अन्योलमा परेका छन् । पार्टीका प्रवक्ता डा. मुकुल ढकालले आदेशको पूर्णपाठ पर्खिरहेको बताए ।

जेठ ५ गते अन्तरिम आदेशको छलफलमा बोलाइयो

सर्वोच्च अदालतले ढाकाकुमार श्रेष्ठको सांसद पद विवादको अन्तरिम आदेशबारे छलफल गर्न जेठ ५ गते सबै पक्षलाई बोलाएको छ । न्यायाधिश तिलकुमार श्रेष्ठले सोमबार श्रेष्ठको रिटमा अल्पकालिन अन्तरिम आदेश दिएका थिए । जेठ ५ को छलफलले अन्तरिम आदेश कायम हुने वा अल्पकालिन आदेश खारेज हुनेमध्ये एक निर्क्योल गर्ने छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ