१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

खाडी मुलुक र मलेसियाबाट आउने रेमिटेन्सले नेपालको गरिबी घट्यो– विश्व बैंक

२५ बैशाख २०८०, सोमबार १२:१५

वैशाख २५, काठमाडौँ | नेपालको गरिबी घटाउन रेमिटेन्सले ४० प्रतिशतसम्म योगदान गरेको विश्व बैंकको प्रतिवेदनले उल्लेख गरेको छ। सोमबार विश्व बैंकले सार्वजनिक गरेको 'वैदेशिक रोजगार, शणनार्थी र समाज' शीर्षकको रिपोर्टले यस्तो देखाएको हो। 

रिपोर्ट अनुसार सन् २०११ देखि २०११ मा खाडी मुलुक र मलेसियाबाट आउने रेमिटेन्सले नेपालको गरिबी घटाउन ४० प्रतिशतसम्म योगदान गरेको छ। नेपालमा रेमिटेन्स प्राप्त गर्ने परिवारलाई आफूले गर्ने कामको अवधि घटाउन समेत सहयोग पुगेको रिपोर्टमा उल्लेख छ। विशेषगरी महिलाहरूले गर्ने कृषि र अनौपचारिक काम घटाउन सहयोग पुगेको देखिन्छ। नेपालले अर्थतन्त्रको आकारको करिब २२ प्रतिशत बराबर रेमिटेन्स प्राप्त गर्दै आएको छ। 

अर्थतन्त्रको आकारलाई पाँच भागमा बाड्ने हो भने एक भाग बराबर रेमिटेन्स रकम प्राप्त गर्ने देखिएको हो। यसै आधारमा धेरै रेमिटेन्स प्राप्त गर्ने मध्ये नेपाल १०औं मुलुकमा पर्दछ।  रिपोर्टका अनुसार कम दक्षता भएपनि नेपालीहरूले अमेरिकामा अन्यको तुलनामा राम्रै कमाइ गरिरहेका छन्। अमेरिकामा काम गर्ने ४२ देशका कम दक्षता भएकामध्ये कमाइका आधारमा नेपाली १४औं स्थानमा छन्। 

रिपोर्टले कतार जाने नेपालीको सरदर तीन महिना बढी अवधिको कमाइले त्यहाँ जाँदाको लागत धान्ने गरेको देखाएको छ। कतार जाने भारतीयले भने त्यहाँ हुने २ महिनाको कमाइले नै लागत धान्ने सक्छन्। साउदी अरेबिया जाने पाकिस्तानीलाई भने आफ्नो लागत उठाउन सरदर १० महिनाभन्दा बढी लाग्ने गरेको रिपोर्टमा उल्लेख छ। कोरियामा हुने कमाइले त्यहा वैदेशिक रोजगारीमा जानेको लागत तुलनात्मक रुपमा कम अवधिमै उठ्ने गरेको देखिएको छ। 

थाइल्याण्ड, इण्डोनेसिया र भियतनामजस्ता मुलुकबाट त्यहाँ जानेको कमाइले कम समयमै यस्तो लागत धान्न सक्षम भएको देखाएको छ। विशेषगरी सरकारी स्तरबाट श्रम सम्झौता हुँदा पनि यस्तो लागत घटेको देखिएको हो। वैदेशिक रोजगारीले आर्थिक वृद्धि र सबै राष्ट्रबीच समृद्धि कायम गर्न सहयोग पुग्ने विश्व बैंकको यो रिपोर्टको निचोड छ। 

'विश्व श्रम बजारमा वैदेशिक रोगजारीबाट कामदार पठाउने र लिने दुवै राष्ट्रले अधिकतम लाभ लिन युवाहरूलाई दक्ष तथा सबल बनाउनु पर्ने देखिन्छ,' विश्व बैंकका लागि यस प्रतिवेदन तयार गर्ने कार्यदलका प्रमुख जोयस एन्टोनी इब्राहिमले बताए।

विश्व बैंकको प्रतिवेदनले विश्वभर बुढ्यौली लाग्ने क्रममा रहेका जनसंख्या अप्रत्याशित रुपमा वृद्धि भइरहेको र वैदेशिक रोजगारीबाट प्राप्त हुने आम्दानीमा धेरैजसो मुलुक धानिनु पर्ने अवस्थामा रहेको उल्लेख गरेको छ। धनी र मध्यम आय भएका मुलुकहरूको घट्दो जनसंख्याका बीच त्यहाँ  वैदेशिक रोजगारीमा रहेकोहरूले भने तीव्र प्रतिस्पर्धा समाना गर्न परिरहेको समेत रिपोर्टमा उल्लेख छ। तर, कम आम्दानी भएका मुलुकहरूलाई भने उच्च दरमा बढेको जनसंख्या र मुलुकभित्रै रोजगारी सृजनामा दबाब परिरहेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण