४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

इन्डियन प्रिमियर लिग (IPL)मा पञ्जाबविरुद्ध कोलकाताको सानदार जित

२६ बैशाख २०८०, मंगलवार ०३:१७

बैशाख २६, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार राति खेलिएको खेलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्सलाई ५ विकेटले हराएको छ । 

टस जितेर पहिलो ब्याटिङ रोजेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । जवाफी ब्याटिङमा कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८२ रन बनाउँदै जित हासिल गरेका हुन् ।

कोलकाताको जितमा कप्तान राणाले ३८ बलमा ५१ रनको बनाए भने आन्द्रे रसेलले आक्रामक ब्याटिङको प्रदर्शन गर्दै २३ बलमा ३ छक्का र ३ चौका प्रहार गरि ४२ रन बनाएका थिए | सोही योगदानका कारण उनी म्यान अफ दि म्याच पनि घोषित भए ।


त्यस्तै, ओपनर ब्याट्सम्यान जासन रोयले ३८ रन, रिंकु सिंहले १० बल अविजित २२ रन र ओपनर रहमुल्लाह गुर्बाजले १५ रन जोडे । पञ्जाबका लागि बलर राहुल चाचरले २ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको पञ्जाबका लागि कप्तान धवनले ४७ बलमा ५७ रन बनाएका थिए । जितेश शर्माले २१ र मसुद शाहरुख खानले अविजित २१ रन जोडे । ऋषि धवनले १९ रन बनाए । कोलकाताका लागि बलर वरुण चक्रवर्थीले ३ र हर्षित राणाले २ विकेट लिए । नितिश राणा र सुयष शर्माले पनि १÷१ विकेट हात पारे ।

११ खेल खेलेको कोलकाता १० अंकसहित तालिकाको पाँचौं स्थानमा छ । भने ११ खेल खेलेको पञ्जाब १० अंकसहित तालिकाको सातौं स्थानमा छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ